मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

राष्ट्रिय सभा निर्वाचन : कांग्रेसले टुंग्यायो १० उम्मेदवार

Ujyalosandeshonline 12547+ समाचार ( )
२३ पौष २०८०, सोमबार

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले १० जना उम्मेदवार छानेको छ । आइतबार आधा रातसम्म केन्द्रीय कार्यालय सानेपामा छलफल गरेर कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको टुंगो लगाएको हो । उम्मेदवारमध्ये संस्थापन पक्षका छ जना छन् भने चार जना संस्थापनइतर पक्षका छन् ।

कांग्रेसले कोशी प्रदेशमा अन्ततर्फ कृष्णप्रसाद सिटौलालाई उम्मेदवार भएको छ । पार्टीका पूर्वमहामन्त्री सिटौला यसअघि प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए ।

त्यस्तै, मधेश प्रदेशबाट अन्ततर्फ आनन्दप्रसाद ढुंगानालाई उम्मेदवार बनाएको छ । उनी पार्टीको केन्द्रीय अनुशासन समितिका संयोजक हुन् ।

बागमती प्रदेशमा अन्यतर्फ जीतजङ्ग बस्नेत र महिलातर्फ विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाएको छ । हाल पार्टीको केन्द्रीय सदस्य रहेका बस्नेत नेपाल तरुण दलका पूर्वअध्यक्ष हुन् । पुडासैनी नेपाल महिला संघ काठमाडौंकी अध्यक्ष हुन् ।

त्यस्तै, गण्डकी प्रदेशमा अन्यतर्फ किरणबाबु श्रेष्ठ र अल्संख्यक तथा अपाङ्गता भएकातर्फ पदमबहादुर परियारलाई उम्मेदवार बनाएको छ । श्रेष्ठ प्रदेश कार्यसमितिका महामन्त्री छन् ।

लुम्बिनी प्रदेशमा महिलातर्फ विष्णुकुमारी सापकोटा, कर्णालीमा अन्यतर्फ कृष्णबहादुर रोकाया, सुदूरपश्चिममा अन्यतर्फ बलदेव बोहरा र अपाङ्गता तथा अल्पसंख्यकतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने भएको छ । रोकाया कर्णाली प्रदेश कार्यसमितिका महामन्त्री हुन् । त्यस्तै, भट्ट पार्टीका कैलाली सभापति हुन् भने बोहरा कञ्चनपुर कांग्रेसका पूर्वसभापति हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले मध्यरातमा सकिएको कार्यसम्पादन समितिको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । उनका अनुसार सोमबार सातै प्रदेशमा उम्मेदवारको मनोनयन गर्ने तयारी छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार