मुख्य समाचार
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड |

‘संसदलाई कानून मात्र होइन देश निर्माण गर्ने केन्द्रका रुपमा बुझ्नपर्छ’

Ujyalosandeshonline 12548+ समाचार ( )
१७ असार २०८१, आइतबार

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद राष्ट्र निर्माण गर्ने एउटा महत्वपूर्ण केन्द्र भएकाले कानून निर्माण गर्ने थलोको रुपमा मात्र बुझ्न नहुने बताएका छन् । 

आइतबार काठमाडौंमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले निर्माण भएका कानूनहरु किन प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेन भन्ने कुरामा गम्भीर छलफल आवश्यक रहेको बताए । उनले संसदबाट नै सरकारलाई निर्देशित हुने भएकाले राष्ट्र निर्माण गर्ने एउटा महत्वपूर्ण केन्द्र रुपमा रहेको बताए । 

उनले भने, ‘छलफल गर्न धेरै उत्सुक छौं, चिन्तित छौं । तर हामीले गरेका निर्णयहरू कार्यान्वयन गर्न ध्यान दिइएको छैन् । ७२ सालको संविधानपछि बनेका कानूनहरु र कानूनको कार्यान्वयन कसरी भइरहेको छ । कानून कार्यान्वयन गर्ने सन्दर्भमा के समस्याहरु छन् । प्रभावकारी रुपमा कार्यान्वयन गर्न कसको भूमिका हुन्छ, के कुराको अभावमा हुन सकेन यस्तो कुरा पत्ता लगाउनमा हाम्रो कमजोरी छ । त्यसैले संसद एउटा कानुन निर्माण गर्ने थलो मात्र होइन, राष्ट्र निर्माण गर्ने एउटा महत्वपूर्ण केन्द्र हो । यसैबाट सरकारपनि निर्देशित हुन्छ । ’

उनले जनताको जीवनमा परिवर्तन ल्याउने जस्ता तमाम कामहरु गर्ने जिम्मा इतिहासले आफूहरूलाई दिएको बताए । संसदको गरिमा र  इतिहासलाई कायम गर्न सकेमा संसद्का प्रयत्नलाई बिथोल्नका लागि आउने शक्तिहरू पराजित हुने उनको भनाई छ । 

सभामुख घिमिरेले ३५–३६ वर्षको संसदीय अभ्यासमा संसद्लाई प्रभावकारी बनाउने र विश्वव्यापीरुपबाट कूटनीतिक व्यवहार प्रयोग गरेर नेपाललाई अगाडि बढाउने जस्ता धेरै कुराहरु सिक्ने मौका पाएको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार