पोखराको ईन्जिनियरिङ क्याम्पसमा अध्ययनरत संगम पौडेल मृत फेला

Ujyalosandeshonline 12326+ समाचार ( )
२५ पौष २०८१, बिहीबार

पोखरा । पोखराको लामाचौरस्थित पश्चिममाञ्चल ईन्जिनियरिङ क्याम्पस (डब्लूआरसी) अध्ययनरत एक छात्र क्याम्पस नजिकै रहेको सेती नदीको बाँधमा मृत भेटिएका छन् । 

कैलालीको धनगढी स्थायी घर भई हाल पश्चिममाञ्चल ईन्जिनियरिङ क्याम्पस (डब्लूआरसी) लामाचौरमा अध्ययनरत २१ वर्षीय संगम पौडेल बुधबार साँझ क्याम्पस नजिकै रहेको सेती नदीको बाँधमा मृत भेटिएका हुन् ।

पोखरा महानगरपालिका–१६ दिपहाउजिङ नजिकै रहेको सेती नदीको बाँधबाट एक युवाको खसेको सूचना पाउनासाथ उद्धारका लागि सशस्त्र प्रहरीको कालिका गण कास्कीबाट खटिएको उद्धार टोलीले बुधबार साँझ करीब साढे सात बजे पौडेलको शब् निकालेको गणका सूचना अधिकारी डीएसपी राजनलाल श्रेष्ठले जानकारी दिए ।  

क्याम्पस नजिकै पोखरा–१९ लामाचौरमा डेरा गरी बस्दै आएका पौडेल बुधबार साँझ ७ बजेर २० मिनेटमा सेतीको बाँधमा खसेको सूचना आएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।  

उक्त सूचना पाउनासाथ सशस्त्र प्रहरीको चार जना गोताखोरसहित नौ जनाको विशेष विपद् व्यवस्थापन टोलीले उनको शव निकाली पोस्टमार्टमका लागि मनिपाल शिक्षण अस्पताल पठाइएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार