मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

Ujyalosandeshonline 12320+ समाचार ( )
२५ मंगशिर २०८२, बिहीबार

राँझा (बाँके) । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ सञ्चालन भइरहेको मेलामा हिन्दू र मुस्लिम समुदायका हजारौँ मानिसले एकसाथ मनोकाङ्क्षा पूरा होस् भनी वर माग्ने गरेका छन् ।

डुडुवा गाउँपालिकामा हिन्दू र मुस्लिम धर्मावलम्बीको मिश्रित बसोबास छ । धार्मिक आस्था फरक भए पनि दुवै समुदायका मानिसले मजारमा सँगसँगै पूजाआजा गर्नु र मनोकाङ्क्षासहित वर माग्नु यहाँको विशेष परम्परा बनेको गाउँपालिका–५ का वडाध्यक्ष झङ्कबहादुर थापाले बताउनुभयो ।

“कम्मर शाह मजारमा हिन्दू–मुस्लिमलगायत सबै धर्म र जातजातिका मानिसले आआफ्नो मनोकाङ्क्षा राख्ने गरेका छन् । यो मेला धार्मिक सद्भावको नमूना बन्दै आएको छ”, उहाँले भन्नुभयो, “यहाँ धार्मिक र जातीयलगायत कुनै किसिमको भेदभाव छैन, संरक्षण समिति र व्यवस्थापन समितिमा सबै धर्म र जातजातिका स्थानीयको प्रतिनिधित्व छ ।”

मेलामा सबै धर्ममा आस्था राख्नेले सहभागिता जनाउने भएकाले यसको ऐतिहासिक महत्व रहेको छ । मजार ब्यवस्थापन समितिका अध्यक्ष सगिर खाँले हिन्दू, मुस्लिमलगायत सबै धर्ममा आस्था राख्नेले बाबाको मजारमा पुगेर आफ्नो मनोकाङ्क्षा राख्ने गरेको बताउनुभयो । “कम्मर बाबा सिद्धिप्राप्त मुस्लिम बाबा हुनुहुन्छ । उहाँको सम्झनामा बनाइएको मजारमा आशीर्वाद मागेमा प्राप्त हुन्छ भन्ने जनविश्वास छ । त्यसैले हिन्दू, मुस्लिमलगायत सबै धर्मावलम्बीहरूको मेलामा उत्तिकै भीड छ”, उहाँले भन्नुभयो । 

कम्मर शाह बाबाले जीवित हुँदासम्म सबै मानव जातिको कल्याणका लागि काम गरेको र कुनै धर्म तथा सम्प्रदाय विशेष नहेरेका कारण वर्षौँदेखि सबैको साझा आस्थाको केन्द्र बन्दै आएको स्थानीय अगुवा शकील खानले बताउनुभयो । जिल्लाका सबै धर्ममा आस्था राख्नेहरूले सँगसँगै सीमावर्ती भारतीय क्षेत्र बाबागञ्ज, नानपारा, श्रावस्तीबाट समेत भारतीय नागरिक मेला भर्न आउने गरेको स्थानीय अगुवा डम्बर बुढाथोकीले बताउनुभयो । सामाजिक सद्भाव र आपसी एकताका लागि पनि मेला महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार