मुख्य समाचार
सुनसरीको सुरक्षा स्थितिबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ | नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस मनाइयो | लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम | १ अर्ब ८९ करोड बढीको हुन्डी कारोबार आरोपमा राजेन्द्रप्रसाद रिजाल पक्राउ | सुनसरीका १० स्थानीय तहमा तेस्रो दिन पनि कर्फ्यु जारी, जनजीवन प्रभावित | धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की | सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनद्वारा दुःख व्यक्त, संयम र सद्भाव कायम राख्न अपिल |

सूर्यपुरा खानेपानीको अध्यक्षमा मोतीलाल राना सर्वसम्मत निर्वाचित

जगीलाल थापा 30+ समाचार ( )
१९ पौष २०८२, शनिबार

कञ्चन । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ८ शित्तलडाँडामा अवस्थित सूर्यपुरा १, २ र ३ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ। उक्त अधिवेशनले संस्थाका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष मोतीलाल रानाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। आगामी तीन वर्षका लागि चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा चन्द्रप्रसाद गौचन, सचिवमा लक्ष्मी बस्नेत, कोषाध्यक्षमा महादेव उपाध्याय र सह–सचिवमा लिलादेवी गिरी निर्वाचित हुनुभएको छ।

त्यस्तै, सदस्यहरूमा गंगा श्रेष्ठ, टान बहादुर वि.क., खेम बहादुर पाण्डे, रिता ज्ञवाली, जनक बहादुर पुन, निल प्रसाद शर्मा, भिम कुमारी थापा र मान बहादुर मगर चयन हुनुभएको निर्वाचन समिति संयोजक तुल्सीप्रसाद भूसालले जानकारी दिनुभयो। साथै, अधिवेशनले टेक बहादुर बलालको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत गठन गरेको छ। नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै खानेपानी सरसफाई कार्यालय योगीकुटी बुटवलका प्रमुख प्रकाश के.सी.ले संस्थाले भौतिक पूर्वाधार निर्माणमा गरेको प्रगतिको प्रशंसा गर्दै संस्थालाई थप बलियो, पारदर्शी र मितव्ययी बनाउन सुझाव दिनुभयो।

कार्यक्रममा गैडहवा–९ का वडा अध्यक्ष मिना क्षेत्री र निवर्तमान वडा अध्यक्ष टेक बहादुर बलालले स्वच्छ खानेपानीमा नागरिकको अधिकारसँगै पाइपलाइन सुरक्षा र मर्मतमा उपभोक्ताको दायित्व पनि उत्तिकै महत्वपूर्ण हुने कुरामा जोड दिनुभयो। महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक बासुदेव भट्टराई लगायतका वक्ताहरूले असल नेतृत्व र सामुदायिक अपनत्वले संस्था बलियो हुने विचार व्यक्त गर्नुभयो।

अधिवेशनले संस्थाका निवर्तमान अध्यक्ष एवं वडा नं ८ का अध्यक्ष भूवन बहादुर रानाद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र लेखा संयोजक महादेव उपाध्यायको लेखा सुपरिवेक्षण प्रतिवेदन सर्वसम्मत अनुमोदन गरेको छ । ५३ हजार ३०३ मिटर पाइपलाइन विस्तार गरी ९२४ घरधुरीमा सुरक्षित पानी पुर्‍याउन सफल यस संस्थाले कार्यक्रमका अवसरमा उत्कृष्ट कर्मचारीका रूपमा अपरेटर गुणनिधि खनाल, मरणोपरान्त संस्थापक सदस्य लाल बहादुर थापा र सेवा निवृत्त प्राविधिक रुद्रप्रसाद ज्ञवालीलाई सम्मान समेत गरेको थियो। तुल्सीप्रसाद भूसालको संयोजकत्वमा रहेको निर्वाचन मण्डलले सहजीकरण गरेको उक्त कार्यक्रम संस्थाका अध्यक्ष भूवन बहादुर रानाको अध्यक्षता र सचिव चन्द्रप्रसाद गौचनको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार