मुख्य समाचार
आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी |

हावाहुरीका कारण विद्युत सेवा अवरुद्ध हुन सक्ने सम्भावना

Ujyalosandeshonline 12545+ समाचार ( )
१८ अशोज २०८२, शनिबार

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले समुद्री क्षेत्रबाट उत्पन्न मौसमी वायु प्रणाली नेपाल प्रवेश गरेको सूचनाअनुसार, विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूमा थप वर्षा, बाढी, पहिरो, चट्याङ, हुरी बतास र डुवानको जोखिम बढेको जनाएको छ ।

यसको मध्यनजर गर्दै नेपाल विद्युत प्राधिकरणले असोज १८ देखि २० गतेसम्म विशेष सतर्कता अपनाउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालले विद्युतीय संरचनाहरूमा सम्भावित क्षति रोक्नका लागि सबै कर्मचारी तयारी अवस्थामा रहेको र विद्युत सेवा अवरुद्ध भएमा यथासक्य छिटो मर्मत गरेर सेवा पुनःसञ्चालन गर्न प्रतिबद्ध रहेको जानकारी गराएका छन् ।

प्राधिकरणले उपभोक्ताहरूलाई प्रतिकूल मौसमका बेला सुरक्षित स्थानमै बस्न, आकस्मिक अवस्थाबाहेक आवत जावत नगर्न, विद्युतीय उपकरणहरूको सावधानीपूर्वक प्रयोग गर्न र आधिकारिक सूचना मात्र अनुसरण गर्न आग्रह गरेको छ । साथै, विद्युत सेवा अवरुद्ध वा संरचनामा क्षति पुगेमा तत्काल सम्बन्धित वितरण केन्द्र वा हेल्पडेस्कमा सम्पर्क गर्न र प्राधिकरणको हटलाइन नम्बर ११५० वा स्थानीय नो–लाईट नम्बरमा जानकारी दिन आग्रह गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार