मुख्य समाचार
नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु |

हावाहुरीका कारण विद्युत सेवा अवरुद्ध हुन सक्ने सम्भावना

Ujyalosandeshonline 12448+ समाचार ( )
१८ अशोज २०८२, शनिबार

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले समुद्री क्षेत्रबाट उत्पन्न मौसमी वायु प्रणाली नेपाल प्रवेश गरेको सूचनाअनुसार, विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूमा थप वर्षा, बाढी, पहिरो, चट्याङ, हुरी बतास र डुवानको जोखिम बढेको जनाएको छ ।

यसको मध्यनजर गर्दै नेपाल विद्युत प्राधिकरणले असोज १८ देखि २० गतेसम्म विशेष सतर्कता अपनाउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालले विद्युतीय संरचनाहरूमा सम्भावित क्षति रोक्नका लागि सबै कर्मचारी तयारी अवस्थामा रहेको र विद्युत सेवा अवरुद्ध भएमा यथासक्य छिटो मर्मत गरेर सेवा पुनःसञ्चालन गर्न प्रतिबद्ध रहेको जानकारी गराएका छन् ।

प्राधिकरणले उपभोक्ताहरूलाई प्रतिकूल मौसमका बेला सुरक्षित स्थानमै बस्न, आकस्मिक अवस्थाबाहेक आवत जावत नगर्न, विद्युतीय उपकरणहरूको सावधानीपूर्वक प्रयोग गर्न र आधिकारिक सूचना मात्र अनुसरण गर्न आग्रह गरेको छ । साथै, विद्युत सेवा अवरुद्ध वा संरचनामा क्षति पुगेमा तत्काल सम्बन्धित वितरण केन्द्र वा हेल्पडेस्कमा सम्पर्क गर्न र प्राधिकरणको हटलाइन नम्बर ११५० वा स्थानीय नो–लाईट नम्बरमा जानकारी दिन आग्रह गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार