मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

भैरहवामा ट्राफिक सचेतना कार्यक्रम, सडक अनुशासनमा जोड

Ujyalosandeshonline 11768+ समाचार ( )
११ श्रावण २०८२, शनिबार

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देही र ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, भैरहवाको संयुक्त आयोजनामा शनिबार एक ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। भैरहवास्थित ब्रह्माकुमारी विश्वविद्यालयको सभाहलमा आयोजित उक्त कार्यक्रममा सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना र व्यक्तिगत सजगतामा जोड दिइएको थियो।

कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयकी प्रमुख, प्रहरी निरीक्षक रञ्जु केसीले ‘अरुले गल्ती गरे पनि म सुरक्षित हुनुपर्छ’ भन्ने सोचका साथ सडक प्रयोग गर्न आग्रह गरिन्। उनले तीव्र गतिमा सवारी नचलाउने, जेब्राक्रसिङको प्रयोग गर्ने, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, र अनुमति पत्रविना सवारी साधन नचलाउने जस्ता आधारभूत नियमहरूको पालना गर्न सुझाव दिइन्। साथै, उनले बिना लाइसेन्स सवारी चलाउँदा हुने कानुनी कारबाहीबारे पनि जानकारी गराएकी थिइन्।

कार्यक्रमका प्रमुख अतिथि, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले ट्राफिक नियमको पालनाले जीवनलाई सहज र सुरक्षित बनाउने बताए। त्यसैगरी, ब्रह्माकुमारी विश्वविद्यालयकी प्रमुख शान्ती दिदीले सडक प्रयोग गर्दा मनलाई शान्त राख्न आध्यात्मिक जागरण आवश्यक रहेको धारणा राखिन्।

ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले आर्थिक वर्ष २०८१–८२ मा सचेतनामूलक कार्यक्रमहरूलाई तीव्रता दिएको जनाएको छ। कार्यालयले ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै सिद्धार्थ राजमार्गमा राडर गन र एनपीआर क्यामरा जडान गरी तीव्र गति नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिएको पनि उल्लेख गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार