मुख्य समाचार
पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल | पक्लिहवा क्याम्पसको स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण | संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप | बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार | सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित | नवलपरासीमा १ करोड १४ लाख बढीको भन्सार छलीको मोबाइल सामाग्री र पिकअप पक्राउ | रोहिणी गाउँपालिकामा प्रहरी-नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न | शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल | सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार | ‘अबको बजेटमा दलित अधिकार दशकका रूपमा विशेष कार्यक्रम ल्याइने’ |

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

Ujyalosandeshonline 12291+ समाचार ( )
२७ भाद्र २०८३, शनिबार

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित क्षेत्रमा अस्थायी व्यवस्थापनसँगै स्थायी पुनर्निर्माण र पुनःस्थापनाको कामलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । धादिङको गल्छीस्थित बाढी प्रभावित क्षेत्रको आज स्थलगत अवलोकनपछि उहाँले बाढीबाट ठूलो मानविय तथा भौतिक क्षति भएको उल्लेख गर्दै अब पुनर्निर्माणको काम महत्त्वपूर्ण रहेको बताउनुभयो । “भौतिक क्षति ठूलै भएको छ । अब बाढी प्रभावितका लागि राहतसँगै अब अस्थायी र स्थायी पुनर्निर्माण तथा पुनःस्थापनाको काममा ध्यान केन्द्रित गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

संयोजक दाहालले विपद्पछि नेकपाले सुरुदेखि आफ्नोतर्फबाट पहल गर्दै आएको बताउनुभयो । बाढी आएलगत्तै पार्टीले प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा सक्रिय हुन आह्वान गरेको र त्यसपछि बैठक बसेर विपद्पछिको अवस्थाबारे छलफल गरिएको उहाँको भनाइ छ । विपद् व्यवस्थापनसम्बन्धी अनुभव भएका पार्टी नेता गङ्गालाल तुलाधरको नेतृत्वमा कामको संयोजन गर्न समिति गठन गरिएको जानकारी दिँदै उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई प्रभावित क्षेत्रमा परिचालन गरिएको बताउनुभयो ।

उहाँले बाढी प्रभावित क्षेत्रमा पार्टीको युवा सङ्गठन योङ कम्युनिष्ट लिग (वाइसीएल)ले गरेको कामको प्रशंसा गर्नुभयो । “हाम्रा युवाहरू, मुख्यतः वाइसीएलले यसपटक प्रभावित क्षेत्रमा गएर समन्वयात्मक काम गरेका छन्, म उहाँहरूलाई धन्यवाद दिन चाहन्छु”, दाहालले भन्नुभयो । दाहाल आज बाढीका कारण प्रभावित क्षेत्रको स्थलगत अवस्थाबारे जानकारी लिन धादिङको गल्छी आउनु भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार