मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

सन्दीप मेगामार्टमा भीषण आगलागी: लाखौंको क्षति, व्यवसायी मर्माहत

Ujyalosandeshonline 12614+ समाचार ( )
२८ भाद्र २०८२, शनिबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ धकधईमा विगत ७ वर्षदेखि सञ्चालनमा रहेको सन्दीप मेगामार्टमा मंगलवार राति अचानक आगलागी हुँदा लाखौ रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । नेपालमै केही गर्ने सोचका साथ सञ्चालनमा ल्याइएको यस मेगामार्टमा भएको आगलागीले व्यवसायी सन्दीप साहनीलाई मर्माहत बनाएको छ ।

स्थानीयका अनुसार, धकधई क्षेत्रकै पहिलो यस मेगामार्टमा राति करिब ८ -९ बजेको बीचमा आगलागी सुरु भएको थियो । आगलागीको कारण खुल्न सकेको छैन । पसल सञ्चालक सन्दीप साहनीले आफूले आगलागीको कारणबारे केही बुझ्न नसकेको बताएका छन् । आगलागी यति भीषण थियो कि, हेर्दाहेर्दै मेगामार्टभित्रका सम्पूर्ण सामान जलेर खरानी भए ।

सन्दीप साहनीका अनुसार, करिब ३० लाख रुपैयाँको लगानीमा सञ्चालनमा रहेको यस पसलमा भएको सम्पूर्ण सामान नष्ट भएको छ । आँखामा आँसु लिएर साहनीले भने, “यही पसलको कमाइबाट घर खर्च चलाउँथेँ र छोराछोरीलाई पढाउँथेँ । अब के गर्ने होला, म त बर्बाद भएँ ।“ उनको यो भनाइले आगलागीले पु¥याएको व्यक्तिगत र आर्थिक क्षतिको भयावहतालाई दर्शाउँछ ।

आगलागी स्थानीयको सहयोगमा नियन्त्रणमा आएको साहनीले बताए । यस घटनाले धकधई क्षेत्रमा ठूलो खैलाबैला मच्चाएको छ र स्थानीय बासिन्दा तथा व्यवसायीहरू स्तब्ध भएका छन् । यस आगलागीले सन्दीप साहनीको मात्र नभई धकधई क्षेत्रको व्यवसायिक गतिविधिमा समेत असर पुग्ने देखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार