मुख्य समाचार
दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ | पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने | सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री | सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति | बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह | वृद्धआश्रममा खाद्यान्न र फलफूल वितरण गरी राष्ट्रिय वैश्य महासंघको स्थापना दिवस मनाइयो |

सिद्धार्थनगर ५ द्धारा वडावासीलाई कम्प्युटर सिकाइदैँ

Ujyalosandeshonline 11870+ समाचार ( )
३१ जेठ २०८१, बिहीबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा कम्प्युटर वेसिक कोर्ष तालिम सुरु भएको छ । उक्त तालिम साढे दुई महिना संचालन हुनेछ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयको आयोजनामा ‘सीप सिकौं, आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ निःशुल्क रुपमा सुरु भएको तालिममा ३० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको वडासदस्य विनित कुमार बेरिवालले बताए । 

सञ्चालित तालिमको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि समाजसेवी नारायण प्रसाद अग्रवालले कम्प्युटर शिक्षाको धेरै महत्व रहेको बताए । उनले भने, ‘बिना कम्प्युटर काम हुँदैन । आजको युगमा प्रत्येक क्षेत्रमा कम्प्युटरको जरुरी हुन्छ ।’ उनले प्राविधिक शिक्षा नभए रोजगारी पाउन पनि समस्या हुने बताउँदै वडा कार्यालयले धेरै राम्रो काम गरेको भन्दै प्रशंसा गरे । 

त्यस्तै विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष सोम बहादुर गुरुङले वडा नम्बर ५ को कार्यालयसँग हातेमालो गर्दै विभिन्न कार्यक्रम सम्पन्न गरेको बताए । उनले आगामी दिनमा पनि सहकार्य गर्दै अघि बढ्ने बताए । सिद्धार्थनगर नगरपालिका–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले वडाबासीहरुको सीप क्षमताको विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । उनले भने, ‘म तालिमका प्रशिक्षार्थीहरुलाई समयमै पुग्न र अनुशासित भएर सिक्न आग्रह गर्दछु । साथै तालिम सिकेपछि तालिमको सदपुयोग गर्न आग्रह गर्दछु ।’ उनले आगामी दिनमा आवश्यकता अनुसार एडभान्स कम्प्युटर तालिम पनि सञ्चालन गरिने बताए ।

उद्योगी तथा समाजसेवी ब्रिजेश अग्रवालले वडा नम्बर ५ ले गरेको कामको जति प्रशंसा गरे पनि कमै हुने बताए । उनले वडा कार्यालयले नागरिकलाई लाभ हुने खालका कार्यक्रमहरु गरिरहेको बताए । वडा सदस्य सरस्वती श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सिद्धार्थनगर–१२ आवारोडस्थित गोल कम्प्युटर सेन्टरमा सञ्चालित तालिमको सहजीकरण प्रशिक्षक रमाकान्त चौधरीले गर्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार