मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

लिखु कोरिडोर सडक कालोपत्रे हुँदै, जेठसम्ममा सम्पन्न गर्ने लक्ष्य

Ujyalosandeshonline 12612+ समाचार ( )
८ वैशाख २०८२, सोमबार

रामेछाप । रामेछाप, ओखलढुङ्गा र सोलुको लिखु किनारका बस्तीलाई मध्यपहाडी लोकमार्ग र बीपी मार्गसँग जोड्ने सबैभन्दा छोटो लिखु कोरिडोर सडक पिच गर्ने काम सुरु भएको छ । मध्यपहाडी लोकमार्गसँग जोडिने रामेछापको कोलञ्जोरघाटबाट गुम्देलसम्म पुग्ने करिब ५५ किलोमिटर सो सडकको कालोपत्रे गर्ने काम सुरु भएको हो ।

पहिलो चरणमा कोलञ्जोरघाट–साँघुटार सडक खण्डको करिब ५ किलोमिटर सडक कालोपत्रे गर्ने काम सुरु भएको सडक आयोजनाका सब इञ्जिनियर पवन कार्कीले जानकारी दिए । सो सडक खण्डमा नाला, टेवा पर्खाल तथा सडक चौडा गरी बेस राख्ने काम करिब सकिन लागेका उनले बताए । जेठसम्म सडकको कालोपत्रे गर्ने काम सकिने उनले जानकारी दिए । 

वाग्मती प्रदेश सरकार अन्तर्गतको पूर्वाधार कार्यालयसँग दुई वर्षमा काम सक्ने गरी सम्झौता भएको सो सडक निर्धारित सममा नै पुरा गर्ने निर्माणको काम गरिरहेको कमलजीत निर्माण सेवाका प्रमुख समसेर शाक्यले जानकारी दिए । सडक पिच गर्नको लागि आवश्यक सामाग्री ल्याउन खुर्कोटको पुल कमजोर भएको कारण केही समस्या भएको उनले बताए । 

सडक रामेछाप जिल्लाको उत्तरी भागको लागि अति महत्त्वपूर्ण सडक भएकाले आफूहरूले उच्च प्राथमिकतामा राखेको वाग्मती प्रदेश सभा उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठले जानकारी दिए । सडक बनेपछि उत्तरी भेगका खाद्यन्न र जडीबुटी काठमाडौं एवम तराई पु¥याउन तथा तराईका उत्पादन सो क्षेत्रमा पु¥याउन सहज हुने उनले बताए । 

लिखु खोलामा बनिरहेका र सञ्चालनमा आएका हाइड्रो पावर हेर्न तथा उत्तरकासी जाने धार्मिक पर्यटकको लागि पनि सडक निक्कै महत्वको भएको उनले बताए । ‘बहुवर्षिय योजना अनुसारको काम अघि बढेको छ, करिब १५ किलोमिटर सडक यसै वर्ष पिच हुन्छ, कम्तीमा यस वर्ष उमाकुण्डको भुजीसम्म पिच पुग्ने गरी टेण्डर आह्वान गर्न हामी पहल गर्ने छौँ’, उनले भने । सो सडक पिच भएपछि रामेछाप, ओखलढुङ्गा र सोलुका लिखु किनारका वासिन्दालाई काठमाडौं र तराई जान छोटो र सहज हुने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार