मुख्य समाचार
धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ | पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने | सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री | सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति | बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह | वृद्धआश्रममा खाद्यान्न र फलफूल वितरण गरी राष्ट्रिय वैश्य महासंघको स्थापना दिवस मनाइयो | देशमा सद्भावको कामना गर्दै लुम्बिनीमा विशेष प्रार्थना |

लिखु कोरिडोर सडक कालोपत्रे हुँदै, जेठसम्ममा सम्पन्न गर्ने लक्ष्य

Ujyalosandeshonline 11869+ समाचार ( )
८ वैशाख २०८२, सोमबार

रामेछाप । रामेछाप, ओखलढुङ्गा र सोलुको लिखु किनारका बस्तीलाई मध्यपहाडी लोकमार्ग र बीपी मार्गसँग जोड्ने सबैभन्दा छोटो लिखु कोरिडोर सडक पिच गर्ने काम सुरु भएको छ । मध्यपहाडी लोकमार्गसँग जोडिने रामेछापको कोलञ्जोरघाटबाट गुम्देलसम्म पुग्ने करिब ५५ किलोमिटर सो सडकको कालोपत्रे गर्ने काम सुरु भएको हो ।

पहिलो चरणमा कोलञ्जोरघाट–साँघुटार सडक खण्डको करिब ५ किलोमिटर सडक कालोपत्रे गर्ने काम सुरु भएको सडक आयोजनाका सब इञ्जिनियर पवन कार्कीले जानकारी दिए । सो सडक खण्डमा नाला, टेवा पर्खाल तथा सडक चौडा गरी बेस राख्ने काम करिब सकिन लागेका उनले बताए । जेठसम्म सडकको कालोपत्रे गर्ने काम सकिने उनले जानकारी दिए । 

वाग्मती प्रदेश सरकार अन्तर्गतको पूर्वाधार कार्यालयसँग दुई वर्षमा काम सक्ने गरी सम्झौता भएको सो सडक निर्धारित सममा नै पुरा गर्ने निर्माणको काम गरिरहेको कमलजीत निर्माण सेवाका प्रमुख समसेर शाक्यले जानकारी दिए । सडक पिच गर्नको लागि आवश्यक सामाग्री ल्याउन खुर्कोटको पुल कमजोर भएको कारण केही समस्या भएको उनले बताए । 

सडक रामेछाप जिल्लाको उत्तरी भागको लागि अति महत्त्वपूर्ण सडक भएकाले आफूहरूले उच्च प्राथमिकतामा राखेको वाग्मती प्रदेश सभा उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठले जानकारी दिए । सडक बनेपछि उत्तरी भेगका खाद्यन्न र जडीबुटी काठमाडौं एवम तराई पु¥याउन तथा तराईका उत्पादन सो क्षेत्रमा पु¥याउन सहज हुने उनले बताए । 

लिखु खोलामा बनिरहेका र सञ्चालनमा आएका हाइड्रो पावर हेर्न तथा उत्तरकासी जाने धार्मिक पर्यटकको लागि पनि सडक निक्कै महत्वको भएको उनले बताए । ‘बहुवर्षिय योजना अनुसारको काम अघि बढेको छ, करिब १५ किलोमिटर सडक यसै वर्ष पिच हुन्छ, कम्तीमा यस वर्ष उमाकुण्डको भुजीसम्म पिच पुग्ने गरी टेण्डर आह्वान गर्न हामी पहल गर्ने छौँ’, उनले भने । सो सडक पिच भएपछि रामेछाप, ओखलढुङ्गा र सोलुका लिखु किनारका वासिन्दालाई काठमाडौं र तराई जान छोटो र सहज हुने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार