मुख्य समाचार
राजनीति फोहोरी खेल होइन, स्वार्थ बोकेका व्यक्ति फोहोरी हुन : सुहाङ नेम्वाङ | एनेस्थेसिया भन्नेबित्तिकै मान्छेहरु डराउँछन्, यो नबुझेर हो : डा. ढकाल | सुनसरी औराबनीका २० घरपरिवारलाई भवन निर्माण गरी हस्तान्तरण | लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ जना चालक पक्राउ | मुगुका किसान स्याउको विरुवा उत्पादनमा आत्मनिर्भर | गृह सचिव अर्यालद्वारा अध्यागमन विभागका महानिर्देशकलाई अधिकार प्रत्यायोजन | ओमसतियामा प्रथम उपाध्यक्ष कप सुरु | प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिने | विधिको शासनको अभावमा लोकतन्त्र सुदृढ हुन सक्दैन— प्रधानन्यायाधीश | डिजाइन एक्स्पोमा उपप्रमुख |

समाजवादबाहेक अरू वादको भविष्य छैनः उपमहासचिव ज्ञवाली

Ujyalosandeshonline 2594+ समाचार ( )
९ मंगशिर २०८०, शनिबार

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले मार्क्सवाद र समाजवादको सान्र्दभिकता आज पनि उत्तिकै रहेको बताएका छन् ।

उनले आधुनिक विश्वको समस्या समाधान गर्ने सक्षमता अझै समाजवादसँग रहेको र त्योबाहेक अरु कुनै वादको भविष्य नभएको दाबी गरे । शनिबार पार्टी कार्यालय च्यासलमा बुद्धिजीवी परिषद्द्वारा आयोजित प्रशिक्षण कार्यक्रममा कार्यकर्तालाई प्रशिक्षण गराएका उनले मार्क्सवाद र समाजवादको बारेमा राखिएका वैज्ञानिक विचारहरु अझै पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक रहेको बताए । 

उनले भने, ‘मार्क्सवाद र समाजवादको सान्र्दभिकता आज पनि उत्तिकै छ । समय घर्किएको कारणले यसको सान्र्दभिकता सकियो भन्ने होइन । वैज्ञानिक विचारहरु कहिल्यै पनि पुराना हुँदैनन् । तिनिहरु आफैंमा इभोलुसन भएर कतिपय नयाँ चिजहरु थपिदै र आपसमा समृद्ध हुँदै जान्छन् ।’

आधुनिक विश्वमा देखा परेका समस्यालाई समाधान गर्न भोटे ताल्चा खोल्ने चाबी नै मार्क्सवादसँग भएको ज्ञवालीले बताए । ‘मार्क्सवाद एउटा वैज्ञानिक सोच हो, त्यसकारण यो आज पनि उत्तिकै सान्दर्भिक छ । अहिलेका विश्वका समस्याहरुको समाधान गर्ने ढोकाको भोटे टाल्चा खोल्ने साँचो मार्क्सवादसँग छ’ उनले भने । 

उनले कार्ल माक्स बितेपछिको समयमा धेरै कुराहरु परिवर्तन भएको भए पनि विश्वमा श्रमिकमाथि हुने शोषण परिवर्तन नभएको र मालिकहरुले श्रमिकमाथि  झन धेरै शोषण गरेको धारणा राखे । 

उनले भने, ‘हिजो एकठाउँमा बसेर आन्दोलन गर्न पनि सजिलो थियो । आज ठूल्ठूला मजदुर आन्दोलनहरु किन भैरहेका छैनन् भन्ने कहिलेकाहीँ प्रश्न उठ्छ । हिजो एउटा कारखानामा हजार जनाले काम गर्थे, संगठित हुन सजिलो थियो । अहिले अवस्था यस्तो छ कि श्रमिकले कस्का लागि किन काम गर्दैछु भन्ने समेत थाहा पाउँदैनन् । श्रम श्रेत्रमा यति धेरै डिसेन्ट्रलाइज्ड, सोफेस्टिकेटेड र कम्प्लेक्स बन्दै गएको छ कि त्यसले मजदुर आन्दोलनलाई नै चुनौती दिएरहेको छ । वास्तवमा शोषणको रुपहरु बदलिएको छ । हामीले यो पाटोमा ख्याल गर्नुपर्छ ।’

उनले श्रम बजारमा भइरहेको श्रम शोषणलाई मार्क्सवादको दृष्टिकोणबाट मिहिन रुपमा हेर्न जरुरी रहेको भन्दै समाजवादबाहेक अरु कुनै वादको भविष्य नभएको बताए ।

‘श्रम क्षेत्रमा आइरहेको बदलावलाई हामीलेल मसिनो गरी हेर्न जरुरी छ। यसलाई मार्क्सको दृष्टिकोणबाट हेरेर त्यसले केके नयाँ प्रश्नहरु ल्यायो, त्यसको जवाफ कसरी खोज्ने ? श्रम बजारमा आउट सोर्सिङ गर्नेहरुलाई कहाँ संगठित गर्ने ? उनीहरुका माग कोसँग राख्ने ? यसमा हामीले नयाँ ढंगबाट सोच्नुपर्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार