मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

पूर्वाधार निर्माणमा रास्वपाको दबाब अभियान आजदेखि

Ujyalosandeshonline 12463+ समाचार ( )
२१ माघ २०८०, आइतबार

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाहरूमा सरकारले अपेक्षाअनुरुप काम गर्न नसकेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि राष्ट्रव्यापी दबाब अभियान गर्दैछ । आइतबारदेखि दुई महिनासम्म सञ्चालन हुने दबाब अभियानको सभापति रवि लामिछानेले सिन्धुपाल्चोकको मेलम्ची बजारबाट उद्घाटन गर्दैछन् । 

रुग्ण र अलपत्र पारिएका विकास आयोजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यका साथ रास्वपाले राष्ट्रव्यापी दबाब अभियान सञ्चालन गर्न लागेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनका अनुसार २१ आयोजनामा २० सांसद र महामन्त्री मुकुल ढकालको नेतृत्वमा २१ वटा दबाब यात्रा हुँदैछन् । 

मेलम्ची खानेपानी आयोजनाको काम यथासीघ्र सम्पन्न गर्न माग गर्दै रास्वपाले अभियानको प्रारम्भ गर्न लागेको हो । रास्वपाका अनुसार सिन्धुपाल्चोक–काठमाडौं दबाब यात्राको नेतृत्व भने सांसद सोविता गौतमले गर्दैछिन् । 

सभापति लामिछानेले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्ने कार्यक्रम छ । अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन–तीनवटा योजना छनोट गरी २१ आयोजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ । 

रास्वपाले विकास निर्माणमा दबाब दिने उदेश्यले तय गरिएको दबाब अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेको छ । अभियानमा पार्टीको झण्डा र चुनाव चिन्ह प्रयोग गरिएका कुनै पनि सामाग्रीको प्रयोग नगर्ने समेत रास्वपाले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार