मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

विश्वकप लिग–२ अभ्यास : नेपालले श्रीलंकासँग पहिलो खेल आज खेल्दै

Ujyalosandeshonline 12547+ समाचार ( )
१८ भाद्र २०८१, मङ्गलबार

काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोली आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि श्रीलङ्का भ्रमणमा छ । नेपाली टोलीले श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसँग तीनवटा एकदिवसीय अभ्यास खेलहरू खेल्ने छ । 

आजदेखि सुरु हुने अभ्यास खेल नेपाली टोलीको आगामी तयारीका लागि महत्वपूर्ण मानिएको छ । नेपाल र श्रीलङ्का डेभलपमेन्टबीचको खेल बिहान सवा १० बजेदेखि सुरु हुनेछ ।

 दोस्रो अभ्यास खेल भोलि हुनेछ, भने तेस्रो तथा अन्तिम खेल शुक्रबार खेलाइने छ । यसअघि, दोस्रो खेल बिहीबार र तेस्रो खेल शनिबारमा हुने तय गरिएको थियो । 

तर नेपाल क्रिकेट सङ्घ (क्यान) ले खेलतालिका परिवर्तन भएको जानकारी गराउँदै सोमबार नयाँ तालिका सार्वजनिक गरेको थियो ।

श्रीलङ्का भ्रमणपछि, नेपाली टोली आगामी सेप्टेम्बरमा क्यानडामा हुने त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा सहभागी हुनेछ । यो श्रृङ्खलामा नेपालले घरेलु टोली क्यानडा र ओमानसँग प्रतिस्पर्धा गर्नेछ । क्यानडामा हुने श्रृङ्खला नेपाली टोलीको लागि आईसीसी क्रिकेट विश्वकप लिग–२ को महत्वपूर्ण छ ।

क्यानडाको श्रृङ्खला समाप्त भएपछि, नेपाली टोलीले अक्टोबरमा अमेरिकामा अर्को त्रिदेशीय श्रृङ्खला खेल्ने छ । यस श्रृङ्खलामा घरेलु टोली अमेरिका, नेपाल, र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा हालसम्म नेपालले चार खेल खेलिसकेको छ, जसमा दुई अंकसहित सातौँ स्थानमा छ । यस प्रतियोगितामा नेदरल्यान्ड्स ८ खेलमा १२ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार