मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

नेपाल स्वयंसेवी रक्तदाता समाजको पहलमा परासीमा पहिलो रक्तदान कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 12612+ समाचार ( )
६ अशोज २०८२, सोमबार

परासी । नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा पश्चिम नवलपरासीको आयोजनामा परासीस्थित पाल्ही बहुमुखी क्याम्पसमा पहिलो रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्वारा सञ्चालित रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको यस कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले रक्तदानलाई सबैभन्दा ठूलो दानको रूपमा व्याख्या गर्दै यसले जीवन बचाउनुका साथै रक्तदातालाई पनि स्वस्थ राख्ने बताए। उनले प्रत्येक तीन-तीन महिनामा रक्तदान गर्न आग्रह गर्दै जिल्लामा रगतको अभावले कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने समाजको उद्देश्यलाई सबैले साथ दिनुपर्नेमा जोड दिए।

नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा नवलपरासीका अध्यक्ष मोहन पौडेलले रगत अभाव बढ्दै गएको र रक्तदानबारे सचेतना भए पनि मानिसहरू हिचकिचाउने गरेको बताए। उनले रक्तदान गर्दा कमजोरी हुने भ्रममा नपर्न आग्रह गर्दै समाजले रेडक्रसको सहयोगी संस्थाको रूपमा रगत व्यवस्थापनमा भूमिका खेल्ने बताए। समाजले विशेषगरी ग्रामीण क्षेत्रमा रक्तदान सम्बन्धी सचेतना फैलाउने र रक्तदान कार्यक्रम आयोजना गरी मानिसहरूलाई प्रेरित गर्ने लक्ष्य लिएको छ। कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधि तथा अतिथिहरूले शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार