मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

सडक आयोजनाको लापरबाहीले पुरै बस्ती जोखिममा

Ujyalosandeshonline 10783+ समाचार ( )
८ भाद्र २०८२, आइतबार

रामेछाप । निर्माणाधीन सेलेघाट–रामेछाप–सालु–साँघुटार सडक आयोजनाको लापरबाहीको कारण रामेछाप नगरपालिका–३ साँघुटारको तल्लो बेँसीको बस्ती पहिरोको उच्च जोखिममा परेको छ । आयोजनाले कमेरो माटो रहेको सो क्षेत्रमा सडक बनाउँदा निस्किएको माटो बस्तीको माथिबाट खसालेर पानी नकटाई त्यतिकै छाडिदिँदा पहिरोले पुरै गाउँ नै छोप्ने अवस्थामा पुगेको स्थानीय पूर्णबहादुर महतले बताए।

सो बस्तीको माथि सडकमा लगाइएको ग्याभिनवाल सबै भत्किएर पहिरो गएको छ । माथिबाट बगेको पहिरोले पेल्दा बस्तीको जमिन धाँजा फाटेको छ भने एउटा घर समेत भत्किएको महतले बताए । यस विषयमा सडक आयोजना, नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराएको उनले बताए । पहिरोको जोखिमले वर्षाको समयमा घर छाडेर अन्यत्रै बस्नु परेको उनको भनाइ छ ।

सडकले खानेपानी, कुलो, बस्ती सबैमा क्षति पु¥याएको उनले बताए । सडकले फालेको माटोको कारण डेढ सय रोपनी बढी खेत पुरिएको उनको भनाइ छ । अन्यत्र बासको व्यवस्था हुनेहरू अन्त हिँडे पनि आफ्नो कतै जाने ठाउँ नहुँदा जोखिम मोलेरै बस्नु परेको सो बस्तीकी ज्ञानकुमारी खड्काले गुनासो गरिन् ।

क्षति हुँदा पनि कसैले नहरेको उनको गुनासो छ । घरमाथि चिरा चिरा परेर फुटेको छ, अन्त जाने ठाउँ छैन, सधैँ डरै डर छ, राति सुत्दा उज्यालो हुन्छ कि हुँदैन भन्ने डर छ’, उनले भनिन् । गाउँ पुरै धाँजा फाट्दा पनि सम्बन्धित निकायले ध्यान नदिएको स्थानीय रमिला महतको गुनासो छ । ‘घरहरू जोखिममा छन्, खेतमा कुलो छैन, सडकले कुलो सबै पुरिदिएको छ, भएको खेत सुक्खा लागेको छ’, उनले भनिन् । 

सडक आयोजनाका प्रमुख ईश्वर कार्कीले सो ठाउँमा कमेरे माटो भएको र पानी पनि निस्किएको कारण समस्या भएको बताउँछन् । सो ठाउँमा बस्तीमा पानी नझर्ने गरी पानी कटाउन निर्माण कम्पनीलाई निर्देशन दिएको उनले बताए । भारतीय एक्जिम बैङ्कको सहयोगमा निर्माण भइरहेको उक्त सडकको ठेक्का भारतीय निर्माण कम्पनी टेलिकम्युनिकेसन इण्डिया लिमिटेड (टीसीआईएल)ले पाएको छ ।

सन् २०२० को नोभेम्बर ११ मा सुरु भएको आयोजना २०२३ को मे १० भित्र सक्नुपर्ने सर्तमा सम्झौता गरिएको थियो । सम्झौताअनुसार १ अर्ब ९४ करोड ७१ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्धारित समयमा काम सम्पन्न नभएपछि सोही कम्पनीलाई फेरि १७ महिनाको म्याद थपिएको छ । 

समयमा काम नगर्दा सडक र सडक आसपासको क्षेत्र अस्तव्यस्त भएको छ । रामेछाप र ओखलढुङ्गा जोड्न सो सडक बिग्रिएर अहिले यातायात सञ्चालनमा समेत कठिनाइ भएको छ । जसले गर्दा वर्षाको समयमा एम्बुलेन्स समेत बारम्बार रोकिने गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार