मुख्य समाचार
रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव | दुई वर्ष माथिका ६६ मुद्दा फैसला हुन बाँकी | खुवा घोट्दै व्यवसायी | एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो |

अब राजतन्त्रको पक्षमा सडक र सदन दुवै ठाउँमा आन्दोलन चर्किन्छ : सांसद सिंह

Ujyalosandeshonline 11901+ समाचार ( )
८ माघ २०८०, सोमबार

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य एवम् मकवानपुर–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिपकबहादुर सिंहले संसद् र सडक दुवै ठाउँबाट राजतन्त्रको पक्षमा आन्दोलन चर्काउने बताएका छन् । उनले फागुन १ देखि देशभरबाट आन्दोलन उठ्ने बताए । सांसद सिंहको विशेष निमन्त्रणामा पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार हेटौँडा पुगेका थिए । 

राजा फर्किएपछि आइतबारै हेटौँडामा पत्रकार सम्मेलन गर्दै नेता सिंहले गणतन्त्रले जनतालाई निराशामात्र दिएको भन्दै राजाको नामबाट सरकार डराएको बताए । 

उनले पुर्वराजा हेटौँडा आउने सन्र्दभमा मन्त्रीको तहबाटै पुर्वराजा लेखेको ब्यानरमा आपत्ति जनाउनु हाँस्यास्पद भएको भन्दै राजाको हाउगुजीले सरकार आत्तिएको बताए । उनले अब जनताले नै राजतन्त्र ल्याउने दिन नजिकै रहेको बताए ।

‘एउटा मठ मन्दिरमा आयोजकहरुले पुर्वराजालाई राजा भनेर सम्बोधन गर्नु उनीहरुको अधिकार हो, यस्तो विषयमा सरकारले टाउको दुखाउन हुदैन,’ उनको भनाइ थियो । उनले आन्दोलनका क्रममा राप्रपा नेपालसहित सबै राष्ट्रवादी, राजतन्त्रवादी शक्तिहरु एक हुने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार