मुख्य समाचार
वित्तीय अपराध नियन्त्रणमा सबैको निकायको सहकार्य आवश्यक | गण्डकी सरकारको नीति तथा कार्यक्रम : धार्मिक पर्यटन परिपथ विकास गरिने | सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता | सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै | पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश | सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ |

नेकपा एसले दशैंपछि नयाँ अभियान थाल्छ : महासचिव भुसाल

Ujyalosandeshonline 11438+ समाचार ( )
१७ अशोज २०८१, बिहीबार

रुपन्देही । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले अहिलेको प्राकृतिक विपत्तिमा वर्तमान सरकारले हेलचेक्र्याई गरेको टिप्पणी गरेका छन् । उनले मौसम पुर्वानुमान महाशाखाले भनेको कुरालाई सरकारले हेलचेक्राईले गर्दा बाढी र पहिरोबाट धनजनको क्षति भएको बताए ।

रुपन्देहीको ओमसतिया र रोहीणी गाउँपालिकाका अधिवेशनलाई बुधबार सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘मौसम पूर्वानुमानले भनिरहेकै थियो, तर सरकारले हेलचेक्रयाई गर्‍यो’ महासचिव भुसालले भने–‘केपी ओली नेतृत्वको सरकारको लापरवाहीले ठूलो जनधनको क्षति भयो, जनताप्रति जवाफदेही भएन ।’

महासचिव भुसालले एकीकृत समाजवादीले दशंै तिहारपछि नयाँ अभियान र आन्दोलन थाल्ने बताए । उनले गरिखाने वर्गको नेतृत्व नेकपा (एकीकृत समाजवादी) ले गर्ने दावी गरे ।  उनले अहिले राजनीतिक दलहरु विचार र एजेण्डाबिहीन बनेको बताउँदै आफूहरु समाजवादी कार्यक्रमसहित जनतामा जाने बताए । 

‘राष्ट्रिय पूँजीको विकास गर्दै कृषिबाट आत्मनिर्भर हुने समाजवादी कार्यक्रमहरु कार्यान्वयन गर्छौ’ उनले भने भने । पूर्व कृषिमन्त्री समेत रहेका भुसाले किसान, मजदुर र श्रमजीवि जनताको पक्षमा डटेर काम गर्न पार्टीका नेता कार्यकर्तालाई अनुरोध गरे ।  

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले आन्दोलन र पार्टीको संगठन पनि समाजवादी स्वरुपमा आउने बताए । उनले समाजवादी कार्यक्रमसहित नेकपा एस अब जनताको बीचमा जाने बताए । 

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य बाबुलाल यादव, प्रदेश कमिटी सदस्यहरु विजयलक्ष्मी  पाण्डे, हिराध्वज शाह, आशा चौधरी, लुम्बिनी साँस्कृतिक नगरपालिका अध्यक्ष सफिउर रहमान अन्सारी, जिल्ला उपसचिव टंक पोख्रेल, नेताहरु सिरेन्द्र कुर्मी, चिरन्जिवि पाण्डे, सिता पोखरेल लगायतले बोल्दै अब जनताको बीचमा जानुपर्नेमा जोड दिए । 

यसैबीच अधिवेशनबाट ओमसतिया र रोहिणी गाउँपालिकामा सर्वसम्मत ३१÷३१ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । रोहिणी गाउँपालिका कमिटीका अध्यक्षमा  सिरेन्द्र कुर्मी (सिन्धु ) र ओमसतिया गाउँपालिका अध्यक्षमा चिरन्जिबि पाण्डे निर्वाचित भएको जिल्ला उपसचिव टंक पोख्रलले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै