मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |
मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |


कांग्रेस र एमाले मिल्दैनन् कि भन्ने सपना लोकतन्त्र विरोधीले नदेखे हुन्छ : श्रेष्ठ

Ujyalosandeshonline 12611+ समाचार ( )
३० चैत्र २०८१, आइतबार

रामेछाप । वाग्मती प्रदेश सभा उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले नयाँ नेपाल निर्माणको लागि सोचाइ, चिन्तन र कार्यशैली बदल्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल रामेछापले मन्थलीमा आयोजना गरेको नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान, भित्तेपात्रो सार्वजनिकीकरण तथा प्रेस स्वतन्त्रता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले विषय बस्तुलाई हेर्ने दृष्टिकोण रचनात्मक हुनुपर्ने बताए ।

पुरातन राज्यव्यवस्था सञ्चालनको शैलीबाट देश अब अघि नबढ्ने उनको धारणा छ । ‘व्यवस्था परिवर्तनले मात्र सबै कुरा परिवर्तन हुँदैन, त्यसका लागि हाम्रा सकारात्मक प्रयास आवश्यक पर्दछ’, उनले भने । श्रेष्ठले हरेक कुराको नेतृत्व विचारले नै गर्ने बताउँदै विचार नबोकी गन्तव्यमा नपुगिने बताए । बिचार नभएका अराजकहरूले समाजलाई अराजक बनाउने बाहेक अन्य कुनै काम गर्न नसक्ने उनले स्पष्ट पारे ।

अहिलेको व्यवस्थामा देखिएका सानातिना कमजोरीलाई देखाएर यो व्यवस्थाका विरुद्ध टाउको उठाउन खोज्ने माथि सामूहिक प्रहार आजको आवश्यकता भएको उनले स्पष्ट पारे । लोकतन्त्रमा प्रश्न उठाउन पाइने बताउँदै उनले निरङ्कुशतामा विचार माथि समेत प्रतिबन्ध लाग्ने उनको भनाइ । दुवै खालको निरङ्कुशता मारलाई बेहोरे अहिलेको परिवर्तनमा देश पुगेको श्रेष्ठले बताए । ‘सबै आलोचनाले मानिसलाई कमजोर बनाउँदैन, बलियो पनि बनाउँछ’, उनले भने । 

अहिले प्रतिक्रान्ति उत्रिएका विरुद्ध आक्रामक हिसाबले उत्रिनु पर्नेमा उनले जोड दिए । यो व्यवस्था ल्याउन लाखौँ मानिसहरूको योगदान र बलिदान रहेको श्रेष्ठले स्पष्ट पारे । नेपाली कांग्रेस र एमाले बिच प्रतिस्पर्धा पनि रहेको र लोकतन्त्र र देश रक्षाको लागि एकता पनि रहेको उनले स्पष्ट पारे । ‘सत्ताको सानो लोभमा कांग्रेस र एमाले मिल्दैनन् कि भन्ने सपना लोकतन्त्र विरोधीले नदेखे हुन्छ’, उनले भने । 

श्रेष्ठले नागरिकका केही असन्तुष्टि बढेका भए पनि त्यसलाई सम्बोधन गर्दै दुई दल मिलेर अघि बढ्ने श्रेष्ठले स्पष्ट पारे । अहिले सरकार त्यही दिशामा अघि बढेको उनले जानकारी दिए । कार्यक्रममा नेपाली कांग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्की पत्रकार पनि हामीसँग छन् भन्ने कुराले राजनीतिक दलले गर्व गर्ने गरेका बताए । लोकतन्त्र स्थापना र यसलाई सुदृढ गर्न पत्रकार र राजनीतिक दल सँगै रहेका उनले स्पष्ट पारे । परिवर्तनलाई जोगाउने जिम्मेवारी सबैको काँधमा रहेको उनले बताए । 

हावा हुण्डरी र रिसले कति क्षति गर्न सक्छ भन्ने कुरा त्यो थामी सकेपछि मात्रै थाहा हुने उनले बताए । त्यसैले हावा हुण्डरी जसरी आउनेहरूले आफूलाई थेग्न र थाम्न सक्ने उनको धारणा छ । देश विकासको लागि अब साझा योजना बन्नु पर्नेमा उनले जोड दिए । लोकतन्त्र र पत्रकारिता दुवै अभिन्न अङ्ग भएका बताउँदै उनले एकले अर्काको संरक्षण गर्नुपर्नेमा जोड दिए । लोकतन्त्रले केही दिएन भन्नेलाई विगत र वर्तमान हेर्न उनले आग्रह गरे । 

कार्यक्रममा बोल्दै नेकपा एमाले रामेछापका उपाध्यक्ष होतराज ढकालले नेकपा एमालेले पत्रकारलाई हेर्ने र बुझ्ने दृष्टिकोण सकारात्मक रहेका बताए । उनले पत्रकारिता क्षेत्रले विकास बहस चलाउन पनि आवश्यक रहेको बताए । यसले विकासलाई अघि बढाउन योगदान गर्ने उनको धारणा छ । 

एमाले रामेछापका सचिव प्रकाश कुमार कार्कीले २०८१ को सुरुको समय केही अस्थिर भए पनि बिचमा राजनीतिक स्थिरता र विकासको वर्ष भएको बताए । वर्षको उत्तरार्धमा भने प्रतिगमनकारीले टाउको उठाउने काम गरेका उनले बताए । राजावादीहरूको दुष्प्रयास अब कुनै पनि हालतमा सफल नहुने उनको भनाइ छ । सञ्चार माध्यमले पनि यस्ता कुराको प्रतिवाद गर्नुपर्ने उनको धारणा छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापका उपसभापति मोहन कार्कीले पत्रकारहरू कुनै पार्टी विशेषका भन्दा पनि स्वतन्त्र भएर काम गर्नुपर्ने बताए । त्यसो गर्दा पत्रकारको सुरक्षा चुनौती पनि कम हुने उनको धारणा छ । कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले पत्रकारिता क्षेत्रको विकास र स्वतन्त्रताको लागि स्थानीय प्रशासनले योगदान गर्ने बताए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिक, प्रेस चौतारी नेपालका वाग्मती प्रदेश सचिव नवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपककुमार घिमिरे, पत्रकारका विभिन्न पेसागत संगठनका प्रतिनिधि लगायतले प्रेस स्वतन्त्रता विषयमा आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै