मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

‘रसुवामा विपद्को सम्भावित जोखिम कायमै छ, सतर्क रहनुहोला’

Ujyalosandeshonline 12614+ समाचार ( )
२४ असार २०८२, मङ्गलबार

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रसुवाले विपद्को सम्भावित जोखिम अझै पनि कायमै रहेकाले प्रभावित क्षेत्रहरूमा बसोबास गर्ने बासिन्दालाई सजक रहन आग्रह गरेको छ । मंगलबार बिहान ३ः०० बजे रसुवागढी नाका भई नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा बढी आई रसुवागढीस्थित मितेरी पुलमा पूर्ण क्षति हुँदा नाकाबाट हुने नेपाल–चीन सडक सम्पर्क टुटेको, स्याफ्रुवेशी–रसुवागढी सडकखण्ड अवरोध भएको पनि जिल्ला प्रशासनले जनाएको छ ।

नदी तटीय क्षेत्रका संरचनाहरुमा क्षति पुग्नुका साथै विपद्को सम्भावित जोखिम कायमै रहेकाले प्रभावित क्षेत्रहरूमा बसोबास गर्ने सम्पूर्णलाई सतकर्ता अपनाउन आग्रह गरेको छ । 

‘आज मिति २०८२।०३।२४ गते बिहान ३ः०० बजे रसुवागढी नाका भई नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा बढी आई रसुवागढीस्थित मितेरी पुलमा पूर्ण क्षति भई यस नाकाबाट हुने नेपाल–चीन सडक सम्पर्क टुटेको, स्याफ्रुवेशी–रसुवागढी सडकखण्ड अवरोध भएको र नदी तटीय क्षेत्रका संरचनाहरुमा क्षति पुगेको अवस्था छ।

उक्त विपद्को प्रतिकार्यका लागि स्थानीय प्रशासन एवम् जनसमुदाय तदारुकता साथ क्रियाशील छ । विपद्को सम्भावित जोखिम अझै पनि कायमै रहेकाले प्रभावित क्षेत्रहरूमा बसोबास गर्नु हुने आम जनसमुदाय, नदी आसपासमा निर्माणाधिन तथा सञ्चालित आयोजनाहरू र नदीको तटीय क्षेत्रमा अवस्थित कार्यालयहरूले आवश्यक पूर्वतयारी एवम् सावधानी अपनाई यातायातका साधन सञ्चालन गर्दा वा यात्रा गर्दा समेत आवश्यक सूचना लिई मात्र गर्नु हुन अनुरोध छ।

साथै, बाढी पहिरो वा अन्य क्षतिको सम्भावित जोखिम देखिएमा तुरुन्त नजिकैको सुरक्षा निकाय, प्रहरी कन्ट्रोल नं. १०० वा जिल्ला आपतकालिका कार्यसञ्चालन केन्द्रको फोनं. ०१०–५४००१९ मा जानकारी गराई दिनुहुन समेत अनुरोध छ,’ जिल्ला प्रशासन कार्यालय रसुवाले सूचनामार्फत भनेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार