मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

प्रधानमन्त्री कप क्रिकेट :
दुई जनाले अर्धशतक बनाउदा आर्मीले कर्णालीलाई दियो २६३ रनको लक्ष्य

Ujyalosandeshonline 11768+ समाचार ( )
२९ फाल्गुन २०८१, बिहीबार

भैरहवा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई २६३ रनको लक्ष्य दिएको छ । आर्मीका तिर्थराज दास र विनोद भण्डारीले अर्धशतक बनाएका छन् । 

रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले आफ्नो दुई ब्याट्सम्यानको अर्धशतकको सहयोगमा ५० ओभरमा ९ विकेटको क्षतिमा २६२ रन बनाएको छ । आर्मीका ओपनर तिर्थराज दासले ८४ बलको सामना गर्दै १० चौकाको सहयोगमा ६९ रन बनाउदा कप्तान समेत रहेका विनोद भण्डारीले ६४ बलमा ४ चौका र २ छक्का हिर्काउदै ५६ रन बनाए । यसै गरि भिम सार्कीले ४० रन र बसीर अहमद ३६ रन प्रहार गरे । 

बलिङ्गमा कर्णाली प्रदेशका प्रकाश जैसीले १० ओभरमा ६४ रन खर्चिदै ४ विकेट लिए भने दिनेश अधिकारीले आफ्नो स्पेलमा ७४ रन खचिैदै ३ विकेट लिए । सुनिल धमला २ विकेट  लिए । 

२ खेल खेल खेलेको आर्मीको टोली दुबैमा जित निकाल्दै ४ अंक सहित प्रतियोगिताको अंकतालिकामा शिर्ष स्थानमा रहेको छ भने २ खेल नै खेलेको कर्णाली १ वटामा जित र १ वटामा हार ब्यहोर्दै २ अंक सहित अंकतालिकामा ५ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार