मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

बाँसगढी देशकै पहिलो डिजिटल नगरपालिका घोषणा

Ujyalosandeshonline 11540+ समाचार ( )
१० असार २०८२, मङ्गलबार

बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका देशकै पहिलो डिजिटल नगरपालिका घोषणा भएको छ । डिजिटल नगरपालिका घोषणा भएसँगै नगरवासीले घरबाटै अनलाइनमार्फत सेवा पाउने भएका छन् । राष्ट्रिय परिचय पत्रसँग आवद्ध गरी नगरपालिकाको सेवा प्रवाह गर्न लागेको हो । नगरबासीहरूले छिटो छरितो र सरल ढङ्गले सेवा पाउने भएका छन् ।

बाँसगढीका देश विदेशमा बस्ने सबैले आफँु बसिरहेको स्थानबाट नै सेवा प्राप्त गर्ने गरी सेवा सुरु गरिएको बाँसगढी नगरपालिकाका नगरप्रमुख खडक बहादुर खड्काले बताए । डिजिटल बाँसगढीको सुरुवात गर्दै नगरप्रमुख खड्काले अब सेवा लिनका लागि नगरपालिका नै धाउनु पर्ने बाध्यता हटेको बताए । उनले देशको पहिलो डिजिटल नगरपालिका भएकोमा खुसी लागेको बताए । 

गत बैशाख २९ गते बासँसगढी नगरपालिका र राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबिच बसेको संयुक्त बैठकबाट बाँसगढी नगरपालिकाले प्रदान गर्ने सबै सेवाहरूलाई डिजिटल रुपमा लैजाने सहमति भएको थियो । डिजिटल बाँसगढी निर्माणका लागिगरी नगरपालिकाको सेवा प्रवाह गर्ने सबै सेवहरूलाई डिजिटल माध्यमबाट प्रवाह गर्ने निर्णय बमोजिम घरबाट नै सेवा लिन मिल्ने गरी डिजिटल बाँसगढी २.० निर्माण गरिएको छ ।

आजबाट नै डिजिटल बाँसगढीबाट सेवा सुरु हुने बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेब बहादुर वलीले बताए । बाँसगढी नगरपालिकाको १७ औँ नगरसभाको शुन्य समयमा डिजिटल बाँसगढीको घोषणा गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार