कैलाली। भाइटीकाको अवसरमा आज धनगढीको डोकेबजारदेखि अत्तरियासम्म दिनभर निःशुल्क बस सेवा सञ्चालन गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, अत्तरिया, कैलालीको समन्वय तथा नवजीवन अस्पताल प्रा.लि.को सहकार्यमा यात्रुको सहजताका लागि सो निःशुल्क बस सेवा सञ्चालन गरिएको हो ।
यसैबीच ट्राफिक कार्यालयले भाइटीकाका दिन यात्रा गर्ने सम्पूर्ण सवारी चालक तथा यात्रुहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारी साधन नचलाउन र तीव्र गति नियन्त्रण गरी सुरक्षित यात्रा गर्न हार्दिक अनुरोध गरेको छ ।