पाल्पा । पाल्पाको रामपुरमा नेपाल संवत् ११४७ को स्वागतका अवसरमा दीप प्रज्वलन तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ । नेवाः देय् दबू रामपुर नगर समितिको आयोजनामा रामपुर नगरपालिका–५ स्थित बेझाँडमा प्रभातफेरी र्याली तथा दीप प्रज्वलन गरी नेपाल संवत्को स्वागत गरिएको हो ।
कार्यक्रमअघि मानन्धर गुठीको धिमे बाजागाजासहित निकालिएको सांस्कृतिक र्यालीले बेझाँड तल्लो चोक, सहकारी पथ र बाङ्गेपसल रोडको परिक्रमा गरी पुनः बेझाँड बजार चोकमा पुगेर सभामा परिणत भएको थियो । नेवाः देय दबू रामपुर नगर समितिका अध्यक्ष रुद्र नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लुम्बिनी प्रदेशसभा अन्तर्गतको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो ।