मुख्य समाचार
नागरिकलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउने अवस्था सुनिश्चित गर्न प्रहरी महानिरीक्षकको निर्देशन | रूपन्देहीमा अवैध भारतीय फूल तथा प्लास्टिकका माला बरामद | अवैध आईफोनसहित दुई भारतीय नागरिक भैरहवाबाट नियन्त्रणमा | नेपाली गाडीलाई भारत लैजान सीमा नाकाबाटै अनुमति दिने तयारी | एकै दिन कुकुरतिहार र लक्ष्मीपूजा: बिहान कुकुरको पूजा, साँझ दीपावली | नवलपरासीमा भन्सार छलीका अवैध सामान बरामद | काग तिहार र धनवन्तरी जयन्ती आज मनाइँदै | "ढुक्कसँग पर्व मनाउनुहोस्, प्रहरी २४ घण्टा सेवामा तयार छ" — इन्स्पेक्टर डम्बर विश्वकर्मा | रुपन्देहीमा राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने | एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रद्वारा सेवा प्रारम्भ, चौबीसै घण्टा '१२४७' सञ्चालनमा |

रूपन्देहीमा अवैध भारतीय फूल तथा प्लास्टिकका माला बरामद

Ujyalosandeshonline 12647+ समाचार ( )
२३ कार्तिक २०८३, आइतबार

भैरहवा । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ पिपलबोट क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भारतबाट नेपाल ल्याउँदै गरेको करिब १ लाख २० हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. डण्डा, रूपन्देहीबाट सशस्त्र प्रहरी नायव निरीक्षक गणेश बहादुर रोका मगरको नेतृत्वमा खटिएको चेकपोइन्ट टोलीले उक्त अवैध सामान नियन्त्रणमा लिएको हो। बरामद गरिएका सामग्रीहरूमा अन्दाजी ३० हजार रुपैयाँ मूल्यको ५० किलोग्राम प्लास्टिकको फूल, ५० हजार रुपैयाँ मूल्यको ३० किलोग्राम पानको पत्ता र ४० हजार रुपैयाँ मूल्यका २५० पिस सयपत्री फूलको माला रहेका छन्।

कार्यालयका अनुसार बरामद गरिएको प्लास्टिकको फूल आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ भने पानको पत्ता र सयपत्री फूलको माला नष्ट गर्ने प्रक्रिया अगाडि बढाइएको छ। यता, भारतीय फूलको अवैध आयातका कारण स्वदेशी फूल किसानहरू मारमा परेको वर्तमान अवस्थामा सशस्त्र प्रहरीले यस प्रकारका माला तथा फूलको अवैध कारोबार रोक्न पुर्‍याएको योगदानप्रति स्थानीय कृषक तथा व्यापारीहरूले खुसी व्यक्त गरेका छन्। पछिल्लो समय सशस्त्र प्रहरीमा डिएसपी गोपीकृष्ण भट्टराई आएदेखि सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप मजबुत हुनुका साथै राजस्व संकलन र अवैध तस्करी नियन्त्रणमा समेत उल्लेख्य सुधार आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार