मुख्य समाचार
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने |

नवलपरासीको रामग्राम स्तुप क्षेत्रमा चिनियाँ लगानीमा विशाल बौद्ध विहार निर्माण, पर्यटक आकर्षणको केन्द्र बन्ने विश्वास

बेचु गौड 9+ समाचार ( )
११ कार्तिक २०८२, मङ्गलबार

नवलपरासी । भगवान गौतम बुद्धको अष्टधातु रहेको ऐतिहासिक रामग्राम स्तुप र संघराम क्षेत्र नजिकै चिनियाँ संघसंस्थाहरूको लगानीमा विशाल बौद्ध विहार निर्माण भइरहेको छ। भलुही खोलाको किनारमा दुई बिघाभन्दा बढी जग्गामा निर्माण भइरहेको यो विहारले रामग्राम स्तुप र संघराम क्षेत्रलाई जोड्दै यस क्षेत्रमा पर्यटकहरूको आकर्षण बढाउने अपेक्षा गरिएको छ।

स्थानीय बासिन्दाहरूले नेपाल सरकारले तत्कालिन बौद्ध परम्पराको पुनर्स्थापना गर्न नसकेको अवस्थामा चिनियाँ संस्थाहरूले यसको महत्व बुझेर रामग्राम स्तुप (देउरवा) र संघराम (देवगाउँ) लाई साझा पहिचान दिलाउन सहयोग गरेको विश्वास लिएका छन्। प्राचीनकालदेखि नै चिनियाँ यात्रुहरू फाहियान र ह्वेनसाङका यात्रा वृत्तान्तहरू बुद्धस्थलहरूको पहिचानको आधार रहेकाले यो कार्यलाई त्यसैको निरन्तरताका रूपमा हेरिएको छ।

पूर्व वडा अध्यक्ष शंकर हरिजनका अनुसार, यो विहार भविष्यमा आउने चिनियाँ भिक्षुहरूलाई बास बस्ने र आराम गर्ने सुविधा प्रदान गर्नेछ। प्राचीनकालमा पनि संघाराममा बौद्ध भिक्षुहरूले आराम गर्ने स्थल हुन्थ्यो। सम्राट अशोकले रामग्राम स्तुप उत्खनन नगरेर देउरवामा बौद्ध विहार र देवगाउँमा संघाराम निर्माण गर्न लगाएको इतिहास छ। रामग्राम विकास कोषले विगत वर्षदेखि नै संघारामको खोजी र अध्ययन अनुसन्धान गरिरहेको छ। स्तुप नजिकैका देवगाउँमा ठूलो पोखरी, साना पोखरी र इनारहरूका साथै प्राचीन आवासका भित्ताहरू भेटिएकाले यसै क्षेत्रलाई संघाराम भएको अनुमान गरिएको छ।

प्राचीन इतिहासअनुसार संघाराम भन्नाले बौद्ध भिक्षु समुदाय बस्ने मठ वा बगैंचासहितको स्थानलाई जनाउँछ। मौर्य वंशका सेनापति पुष्यमित्र शुङ्गले पाटलीपुत्रको कुक्कुटाराम संघाराम नष्ट गरेको र त्यसका भिक्षुहरूलाई मारेको उल्लेख छ। अधिवक्ता मनोज नागवंशीले रामग्रामको संघाराममा पनि पुष्यमित्रका सेनाले भिक्षुहरूलाई मारेर भगाएको हुन सक्ने अनुमान गरेका छन्।

रामग्राम स्तुपमा स्वयं भगवान बुद्धको अस्तुधातु अवस्थित छ, जुन महापरिनिर्वाणपछि धातु वितरण गरी बनेका स्तुपहरूमध्ये मौलिक अवस्थामा रहेको एक मात्र स्तुप हो। यो पृथ्वीवासी तथा बुद्धप्रति श्रद्धा राख्नेहरूका लागि एक दुर्लभ स्थान हो। हाल विश्व सम्पदा सूचीको प्रक्रियामा रहेको यस क्षेत्रमा युनेस्को र पुरातत्व विभागसँग मिलेर थप काम गर्ने रामग्राम विकास कोषको लक्ष्य छ।

सन् १८९६ मा लुम्बिनी पत्ता लागेको दुई वर्षपछि सन् १८९८ मा डा. डब्लु. होयले रामग्राम स्तुप पत्ता लगाएका थिए। भगवान बुद्धको महापरिनिर्वाणपछि उहाँको अस्तु आफ्नो भागमा पाउने मावलीतर्फका कोलिय राजाहरूले यस स्तुपको स्थापना गरेका थिए, जुन आजसम्म पनि आध्यात्मिक, पुरातात्विक, ऐतिहासिक र धार्मिक स्थलका रूपमा सुरक्षित छ। नयाँ चिनियाँ बौद्ध विहारले यस क्षेत्रको गरिमालाई थप उचाइमा पुर्याउने विश्वास लिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार