मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

रुपन्देहीमा मोटरसाइकल चोरीको आरोपमा ६ युवा पक्राउ

Ujyalosandeshonline 11540+ समाचार ( )
६ पौष २०८१, शनिबार

भैरहवा  । एकै ठाउँका ५ जनासहित ६ जना युवा मोटरसाइकल चोरीको अभियोगमा पक्राउ परि कारवाहीमा परेका छन् । उनीहरुलाई रुपन्देही प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरि कारवाही अघि बढाएको हो ।

उनीहरु मोटरसाइकल चोरी गर्ने पेशेवर चोर भएको दावी प्रहरीको छ । पक्राउ पर्नेमा रुपन्देहीको सियारी गाउँपालिका-२ निवासी २६ वर्षीया शिव जयसवाल, १९ बर्षीया गणेश राजभर, २० बर्षीया शनि भर, २४ बर्षीया शिवकुमार मल्लाह र २४ बर्षीया अनिल यादव छन् ।पाल्पा जिल्लाको माथागढी गाउँपालिका-७ घर भई हाल बुटवल उपमहानगरपालिका-१३ बस्ने २४ बर्षिय अर्जुन परियार पनि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी सुरज कार्कीले मोटरसाइकल चोरी गरेको सप्रमाणसहित उनीहरुलाई पक्राउ गरि अदालतद्वारा कारवाही अघि बढाइएको बताए । `हराएका मोटरसाइकल विभिन्न स्थानमा चेकजाँच र खोजतलाश गर्ने क्रममा उनीहरुलाई फरक-फरक मितिमा पक्राउ गरिएको हो’, डीएसपी कार्कीले भने, `उनीहरु पेशेवर मोटरसाइकल चोर भएको प्राप्त प्रमाण र अनुशन्धानले देखाएको छ ।’

मोटरसाइकल चोरीका घटना बढ्न थालेपछि चोरी भएका मोटरसाइकल खोजतलास गर्ने, चोरीमा संलग्न व्यक्तिको पहिचान र नियन्त्रण गरि कारवाही गर्नका लागि प्रहरीले रुपन्देही जिल्लाभर `क्लिन स्विप अपरेशन’ अभियान दुई हप्ता अघिदेखि संचालन गरिएको उनले बताए ।उनीहरुको साथबाट चोरी भएको लु ५९ प ७९२६, लु २५ प ५५७६ र लु३४प २६२६ नम्बरको मोटरसाइकल बरामद भएको थियो । अभियान अन्तर्गत विभिन्न नम्बरका ९ वटा मोटरसाइकल वेवारिशे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार