मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

'भारत–नेपाल टुरिज्म मार्ट’अन्तर्गत गन्तव्य प्रवर्द्धन कार्यक्रम सुरु

रासस 548+ समाचार ( )
२९ मंगशिर २०८२, सोमबार

गण्डकी । दोस्रो भारत–नेपाल टुरिज्म मार्टअन्तर्गत आजदेखि गन्तव्य प्रवर्द्धनका कार्यक्रम सुरु गरिएको छ । पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउँदै भारतीय र बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि गर्न पोखरा भ्रमण वर्ष २०२५, पोखरा पर्यटन परिषद्, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा भारतीय टुर अपरेटर र सोसल मिडियाकर्मीसमेतको सहभागितामा गन्तव्य प्रवर्द्धन सुरु गरिएको हो ।

भारतीय टोलीलाई पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटा नेतृत्वको टोलीले आज सुनौली नाकामा स्वागत गर्र्दै स्थलमार्गबाट चितवनको सौराहा ल्याएको छ । भारतीय टोलीलाई होटल सङ्घ नेपाल चितवनका तर्फबाट स्वागत एवं पर्यटकीय साझेदारीलगायतका विषयमा अन्तरक्रिया गरिएको पोखरा पर्यटन परिषद्का महासचिव सापकोटाले जानकारी दिनुुभयो ।

अन्तरक्रियामा होटेल सङ्घ नेपालका केन्द्रीय सदस्य सुमन घिमिरे, पर्यटन व्यवसायी वासु ढुङ्गाना, नेपाल पर्यटन बोर्डका प्रेम भट्टराई, सन्कृत टुर्स भारतका अभिषेक सन्कृतलगायतले नेपाल र भारतबीचको पर्यटकीय साझेदारीका सम्भावनालगायतका विषयमा आफ्ना धारणा राखेका थिए । उक्त अवसरमा सौराहाको प्रवर्द्धनात्मक भिडियोसमेत प्रस्तुत गरिएको थियो ।

महासचिव सापकोटाका अनुुसार भारतीय प्रवर्द्धनात्मक टोली भोलि पुस १ गते तनहुँको बन्दीपुर हुँदै बेगनास र पुस २ गते पर्वत र बागलुुङ तथा पुस ३ गते पोखराको पुम्दीकोट भ्रमण गरी होटेल पोखरा ग्रान्डमा हुने मार्टमा सहभागी बन्ने छ । टोली ४ गते पोखराबाट पाल्पा हुँदै सुनौली नाकाबाट भारत फर्कने उहाँले जानकारी दिनुुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार