मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

कर्णाली मुख्यमन्त्री रोजगार कार्यक्रम उत्पादन केन्द्रित बनाइँदै ,एक हजार नौ सयलाई रोजगार दिइने

Ujyalosandeshonline 12457+ समाचार ( )
९ श्रावण २०८२, बिहीबार

सुर्खेत । कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री रोजगार कार्यक्रम उत्पादन केन्द्रित बनाउन लागिएको छ । पूर्वाधारलाई प्राथमिकतामा राखेर सञ्चालन हुँदै आएको यो कार्यक्रम चालु आर्थिक वर्षदेखि उत्पादनसँग जोडेर कार्यान्वयन गरिने भएको हो । चालु आर्थिक बर्षमा पूर्वाधारका कार्यक्रम कटौति गरिएको छ । 

कर्णाली आर्थिक बर्ष २०७६|०७७ देखि सुरु भएको मुख्यमन्त्री रोजगार कार्यक्रम कर्णालीका सात सय तीन वडामा सञ्चालन भएको थिए । कर्णालीका सात सय १८ वडामध्ये १५ वडामा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएको थिएन । हरेक बर्ष कर्णाली सरकारको नीति तथा कार्यक्रममा प्राथमिकतामा साथ आउने उक्त कार्यक्रम पूर्वाधार बिकासमा केन्द्रित हुँदै आएको थियो । 

लागत धेरै र प्रतिफल न्यून भएकाले पूर्वाधारका कार्यक्रम कटौती गरेर उत्पादन लक्षित कार्यक्रममा कार्यान्वयन गर्ने गरी चालु आर्थिक बर्षमा योजना बनाइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका योजना, अनुगमन तथा आर्थिक पूर्वाधार शाखाका नवीन ढकालले जानकारी दिए । ‘अतिरिक्त सीप तथा उद्यम विकास र कृषिका कार्यक्रममार्फत रोजगारीको अवसर सिर्जना गर्ने गरी कार्यक्रमको ढाँचा परिवर्तन गरिएको छ’ ढकालले भने, ‘सिंचाइ, खानेपानी, सहकारी र उद्योग विशेष कार्यक्रम कार्यान्वन गर्न लागिएको छ ।’ 

यो कार्यक्रम मार्फत कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्षमा एक हजार ९ सयभन्दा बढी व्यक्तिलाई रोजगारीमा जोड्ने लक्ष्य सरकारले राखेको छ । हुम्ला, डोल्पा र मुगु जिल्लाका वडामा योजना कार्यान्वयन का लागि २० लाख बजेट पठाइएको छ कर्णालीका सबै स्थानीय तहमा एक अर्ब १४ करोड ९० लाख बजेट विनियोजन गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार