मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

सुटकेशभित्र महिलाको शव फेला

Ujyalosandeshonline 12612+ समाचार ( )
८ भाद्र २०८२, आइतबार

रौतहट । रौतहटको मुडवालवा सडकमा सुटकेशभित्र महिलाको शव फेला परेको छ । गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालवा मोड नजिकको सडकमा शव सहितको सुटकेश फेला परेको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीका अनुसार डोरीले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेश खोलेपछि भित्र महिलाको शव रहेको देखिएको हो । गौर नगरपालिका वडा नम्बर ९ पर्ने सो सडकमा शनिबार राती १०ः३० बजे शकास्पद सुटकेश फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्कीले बताए । 

उनका अनुसार प्रहरी टोलीले आज (आइतबार) बिहान सो सुटकेस खोलेर हेर्दा अन्दाजी ३० वर्षीया एक महिलाको शव भेटिएको हो । मृतक महिलाको अहिलेसम्म कुनै पहिचान हुन नसकेको र अनुसन्धान जारी रहेको उनले जानकारी दिए । 

शवमा साडी छिरिएको देखिएकाले महिलाको हत्या गरी सुटकेशमा हालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाका बारेमा थप अनुसन्धान गर्न प्रहरीले घटनास्थल नजिकै रहेको एक विद्यालयको सीसीटीभी जाँच गरिरहेको छ । प्रहरीले महिलाको शवलाई प्रादेशिक अस्पताल गौरमा पठाएको छ । यस अघि गौर–५ मा छुरा प्रहारबाट मारिएका सहाबुदिन मिया र सप्तरीका उपेन्द्र भगतको एक होटलमा शव फेला परेको थियो । यो साता मात्रै रौतहटमा तीन जनाको शव फेला परिसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार