मुख्य समाचार
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न सरकार कटिबद्ध छ: सांसद पुनम अग्रवाल | पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध | चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन | विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी | भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता | नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित | सडक सुरक्षामा ध्यान दिन प्रहरीको आग्रह | भैरहवामा लगानीकर्ता सचेतना तथा पूँजीबजार साक्षरता कार्यक्रम सम्पन्न | नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू | कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने |

बाजुरा लगायत सुदूरपश्चिममा आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

Ujyalosandeshonline 12490+ समाचार ( )
३० भाद्र २०८२, सोमबार

बाजुरा । दसैँ, तिहार र छठलाई लक्षित गरी बाजुरा लगायत सुदूरपश्चिमका विभिन्न स्थानमा आज (सोमबार)देखि सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रदेशका २८ स्थानमा र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएका हुन् ।

खाद्य व्यवस्था कम्पनीका प्रादेशिक प्रमुख दीपक थापाले चामल र चिनीमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिइने जानकारी दिए । कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बाजुरा, बैतडी, दार्चुला र अछामका शाखा तथा बिक्री केन्द्रमार्फत सेवा उपलब्ध हुनेछ ।

यस्तै, साल्ट ट्रेडिङका प्रमुख तेजबहादुर कुँवरका अनुसार नुनमा प्रतिकिलो दुई, चिनीमा पाँच, तेल, चिउरा, मैदा, पीठो र दालमा प्रतिकिलो सात रुपैयाँसम्म छुट दिइनेछ । साल्ट ट्रेडिङले कैलाली, कञ्चनपुर, डोटी, बैतडी र डडेलधुराका विभिन्न स्थानबाट पसल सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार