मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

प्राथमिकताका साथ काम गर्न सके नेपालको सबै भागपर्यटन गन्तव्य बन्न सक्छ : मन्त्री पाण्डे

Ujyalosandeshonline 12321+ समाचार ( )
१९ पौष २०८१, शुक्रबार

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले प्राथमिकताहरुको पनि प्राथमिकिकरण गर्ने क्रम सुरु गर्नुपर्ने बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको बैठकमा उनले नेपालको सबै भागपर्यटन गन्तव्य बन्न सक्ने भन्दै जहाँ आवश्यकता छ त्यही अनुसार काम गर्नुपर्ने बताएका हुन् । 

उनले भने, ‘पर्यटन बोर्डमादैनिक रुपमा दर्जनौं प्रस्तावहरु जाने गर्छन् जुन त्यो बोर्डको हैसियत भन्दामाथि छ । त्यसकारण हामी सबैले प्राथमिकताहरुको प्राथमिकिकरण गर्ने क्रम सुरु नगर्ने हो भने हामीले समस्यामा फसिसकेको अवस्थामा छौं । नेपालको कुन त्यस्तो टाकुरा, जमिन र भूगोल छैन जहाँ पर्यटन गन्तव्य बन्न सक्दैँन। त्यस्तो ठाँउहरुलाई प्राथमिकिकरण कसरी गर्ने भन्ने बारेमा हामी सबैको ध्यान जानुपर्छ । त्यो दिशामा पर्यटन बोर्डले आफूलाई अगाडी बढाउछ जस्तो लाग्छ ।’

उनले पर्यटन बोर्डपर्यटन क्षेत्रको सिर्जनशिल निकायको रुपमा रहे पनि जनशक्तिको अभावका कारण शाखा विस्तार गर्न कठिनाई भएको बताए । 

उनले भने, ‘पर्यटन बोर्डलाई हामीले पर्यटन क्षेत्रको सिर्जनशिल निकायको रुपमा लिएका छौं । यसले सिर्जनात्मक तरिकाले काम गर्नुपर्छ । पर्यटन बोर्डको शाखा विस्तार गर्ने कुरामा पोखरामा एउटा शाखा छ तर जनशक्तिको अभावले अन्य ठाँउमा शाखा विस्तार गर्नको लागि कठिनाई देखिन्छ । यस विषयमा छलफल गर्नुपर्नेछ ।’

आगामी दिनमा हवाई, संस्कृती र पर्यटन नीति र नीति अनुसारका कानून बनाउने तयारीमा मन्त्रालय रहेको पनि उनको भनाई छ । बैकठमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल र नेपाल पर्यटन बोेर्डको कार्यसम्पादन स्थिति सम्बन्धी छलफल भएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार