मुख्य समाचार
नवलपरासीमा १ करोड १४ लाख बढीको भन्सार छलीको मोबाइल सामाग्री र पिकअप पक्राउ | रोहिणी गाउँपालिकामा प्रहरी-नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न | शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल | सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार | ‘अबको बजेटमा दलित अधिकार दशकका रूपमा विशेष कार्यक्रम ल्याइने’ | विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छः अध्यक्ष दाहाल | भैरहवाको कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेका पाँच नेपालीसहित ६ जना पक्राउ | नेपालबाट तस्कर गरी भारत पुर्‍याइएको ७२ बोरा चाइनिज लसुन एसएसबीद्वारा बरामद | बढ्दैछ महोत्तरीमा कोदोखेती | भोटेकोसी बाढीपीडितका लागि असरफी जामे मस्जिदद्वारा ७३ हजार सहयोग |

रोहिणी गाउँपालिकामा प्रहरी-नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 12286+ समाचार ( )
२६ भाद्र २०८३, शुक्रबार

धकधई । इलाका प्रहरी कार्यालय धकधईको आयोजनामा रुपन्देहीको रोहिणी गाउँपालिका–३ मा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। शान्ति सुरक्षा, प्रहरी सेवा र नागरिक-प्रहरी सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा रोहिणी गाउँपालिकाका वडाअध्यक्ष वीरबहादुर क्षेत्री, इलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी निरीक्षक रामभक्त भट्टराई, स्थानीय जनप्रतिनिधि, विभिन्न सङ्घसंस्था, आमा समूहका प्रतिनिधि, बुद्धिजीवी एवम् समाजसेवीसहित दुई सयभन्दा बढीको सहभागिता रहेको थियो।

सो अवसरमा सहभागी स्थानीयहरूले सीमित साधन-स्रोतका बाबजुद प्रहरी निरीक्षक रामभक्त भट्टराईको नेतृत्वमा इलाका प्रहरी कार्यालय धकधईले यस क्षेत्रको शान्ति सुरक्षामा उल्लेखनीय सुधार गर्दै सर्वसाधारणलाई प्रभावकारी सेवा प्रवाह गरेको भन्दै प्रहरीको प्रशंसा गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार