मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

विद्यालयमा भर्ना अभियान र पठनपाठन दुबै सँगसँगै

Ujyalosandeshonline 12611+ समाचार ( )
२४ वैशाख २०८२, बुधवार

रौतहट । रौतहटमा रहेका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना अभियान र पठनपाठन दुबैलाईसँगै अघि बढाएका छन् । नेपाल शिक्षक महासंघको आव्हानमा चैत २० गते देखी बैशाख १७ गते सम्म भएको २९ दिने शैक्षिक हडतालका कारण विद्यार्थी भर्ना अभियान प्रभावित भएको थियो । शैक्षिक हडताललाई मध्यनजर गर्दै विद्यार्थी भर्ना अभियान र पठनपाठन दुबैलाई सँगसँगै अघि बढाएको श्री वसन्त पञ्चमी आधारभूत विद्यालय चन्द्रपुरका प्रधानध्यापक राम प्रमेश पटेलले बताए । 

उनका अनुसार सार्वजनिक बिदाको दिन पनि विद्यार्थी भर्ना अभियान र पठनपाठनलाई निरन्तरता दिइएको छ । मधेश प्रदेश सरकारले जानकी नवमी–सीता जयन्तीका अवसरमा दिएको सार्वजनिक बिदाका दिन पनि पठनपाठन गरेको उनको भनाइ छ । नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान प्रभावित हुन नदिन घरदैलो कार्यक्रम, पाठयपुस्तक बितरण लगायतका कार्य हुदै आएको सामुदायिक विद्यालयका शिक्षकहरु बताउँछन । 

शिक्षक, कर्मचारी, जनप्रतिनिधि, व्यवस्थापन समितिका पदाधिकारी र विद्यार्थी आफै पनि भर्ना अभियानबारे जानकारी दिन विभिन्न बस्तीमा पुगिरहेका छन् । विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्चित हुने गरी भर्ना अभियान सञ्चालन गरिएको श्री जगदम्बा आधारभूत विद्यालय जेठरहिया सुकदेव चोकले बताए । 

चन्द्रपुर नगरपालिकाका नगर शिक्षा अधिकारी दिपेन्द्र मण्डलका अनुसार यहाँका अधिकांश सामुदायिक विद्यालयमा अग्रेजी माद्य्यमा पठन पाठनसँगै दिवा खाजा र छात्रबृति जस्ता कार्यक्रमले विद्यालय भर्ना अभियान प्रभावकारी हुँदै आएको छ । विद्यालय भर्ना अभियान ढिलो भएपनि यहाँ सामुदायिक विद्यालयले दिएको निरन्तरताको उनले प्रशसा गरे । रौतहटमा १८ वटै पालिकाका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना अभियान र पठनपाठन दुबैलाई अघि बढाएका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार