निस्दीमा प्रहरीको नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 12214+ समाचार ( )
७ पौष २०८२, सोमबार

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाको आयोजनामा निस्दी गाउँपालिका-४, मित्यालमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा प्रहरीबाट प्रवाह हुने सेवा र शान्ति सुरक्षाका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र पंजियार थारुले स्थानीय नागरिकका गुनासोहरू सुन्दै ती प्रश्नहरूको जवाफ दिनुभएको थियो। उहाँले प्रहरी सेवालाई थप प्रभावकारी र जनमुखी बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

कार्यक्रममा निस्दी गाउँपालिकाका जनप्रतिनिधि, सुरक्षा समितिका पदाधिकारी, समाजसेवी तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। स्थानीयस्तरमा सुरक्षा चासो र प्रहरीको भूमिकाबारे प्रत्यक्ष संवाद गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार