मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

भवानी स्वावलम्बन बहुउद्देश्यीयको २५ औं वार्षिक साधारण सभा सम्पन्न

जैसमोहम्मद खान 73+ समाचार ( )
१ पौष २०८१, सोमबार

मर्चवार । श्री भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्नभएको छ । संस्थाले आर्थिक वर्ष २०८१÷०८२ को आय व्यय प्रस्तुत गर्र्दै सम्मरीमाई–५ पाण्डेय डिह संस्थाको प्रांगणमा उक्त सभा सम्पन्न भएको हो ।

संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुतगर्दै स्वावलम्बनका अध्यक्ष जयराम गडेरियाले आर्थिक वर्ष २०८०÷०८१ मा५ लाख ९५ हजार १ सय शेयर पुँजी बृद्धि भई ४९ लाख७० हजार ७ सय कायमभएको बताए । यसैगरी बचत रकमआर्थिक वर्ष २०८०÷०८१ मा ५५ लाख २७हजार ४२५ रुपैयला बृद्धि भई ५ करोड ६० लाख २२ हजार १५५ रुपैया कायमभएको अध्यक्ष गडेरियाले जानकारी दिएका छन् । 

यसैगरी संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा ३ करोड ५३ लाख७९ हजार ३०० सयको ऋण लगानी गरी २ करोड ९५ लाख ९० हजार ६ सय ऋण असुल गरी सेवाप्रदान गरेको अध्यक्ष गडेरियाले जानकारी दिएका छन् । 

संस्थाको लेखाप्रतिवेदन प्रस्तुतगर्दै ब्यवस्थापकआशोक कुमार तिवारीले संस्थाको कुल सम्पत्ति ८ करोड ४१ लाख ३४ हजार १५६ रुपैया कायमभएको बताए । आर्थिक वर्ष २०७९÷८० मा संस्थाको कुलपुँजी७ करोड ६१ लाख ८९ हजार ७६ रुपैया रहेको जानकारी गदाउदै आर्थिक वर्ष २०८०÷०८१ मा७९ लाख ४५ हजार ८० रुपैया पुँजीमा बृद्धि भएको तिवारीले जानकारी दिएका छन् । संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा १ लाख ८३ हजार ९१८ रुपैया शुद्ध बचत गरेको उनले बताए । 

सभालाई सम्बोधनगर्दै प्रमुखअतिथिजिल्ला सहकारी संघका महासचिवदामोदर पंगेनीले सहकारीलाई चौतर्फी घेरा गरी बदनम गर्ने सडयन्त्र भइरहेको बताए । सहकारी आएदेखि साहु महाजनतथाअन्य ठुला बैंकको चर्को ब्याजले असुलीधन्दाकमभएको बताउदै सहकारीमा ऋण लिई समयमाफिर्ता नगरी सहकारीलाई बदाम गर्न खोजिएको उनले बताए । उनले भने ‘नेपालमालाखौ सहकारी रहेका छन् कहिकतै कुनै सहकारीका पदाधिकारी वा कर्मचारीले बदमासी गर्दै मा सो घटना लाई जोडेर अधिराज्य भरीमा सहकारीलाई बदाम गर्ने रणनीती बनाई गलत प्रचार गरिन्छ ।

’ ‘विभिन्न संचार माध्यममा दैनिक रुपले आएको सहकारीका समाचारले सार्बजनिक ठाउँमा सहकारीको दाधिकारी हुँभन्ने अफ्ठयारो लाग्ने अवस्था आउन थालेको छ । उक्त अवस्थालाई चिर्न सबै सहकारी प्रेमी र सरोकारवालाहरुले संबेदनशील हुन अवाश्य छ ।’प्रमुख अतिथि पंगेनीले भने ।सहकारी बाट प्रदान हुने हरेक सेवा सहज र सजिलो रहेको जानकारी गराउदै सहकारीबाट लिएको ऋण सबैले समयमै बुझाउन उनले आग्रह गरे  ।

‘सहकारी समाजले समाजकै लागि जोगाउने हो र बृद्धि गर्ने हो’ भन्दै वार्षिक साधारण सभामा हरेक शेयर सदस्यले आफ्नो विचार वा सुझाव राख्न सक्ने उनले बताए । सभाको अवसरमाउत्कृष्ट बचतकर्ता, विधवा पेन्सन, ज्येष्ठ नागरिक बचतकर्ता, एच्छिक बचतकर्ता, बाल बचतकर्ता लगायत विभिन्न बचतकर्ताहरुलाई सम्मान गरिएको थियो ।

सभामा सम्मरीमाई ५ का वडाध्यक्ष श्रवण कुमार यादव, वडा नंं २ का वडाध्यक्ष अजय कुमार गुप्ता, श्री कृष्ण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अशोक कुमार त्रिपाठी, नवदुर्गा स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाका ब्यवस्थापक जितेन्द्र यादव, संस्थाका शेयर सदस्य राजु यादव लगायत विभिन्न सदस्यहरुले मनतब्य राखेका थिए । राम अनुज प्रताप नारायण त्रिपाठीको संचालनमा सम्पन्न उक्त सभामा संस्थाका सचिव गनेश पाठकले स्वागत मनतब्य राखेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार