मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

प्रधानमन्त्री कप क्रिकेट :
रोमाञ्चक खेलमा लुम्बिनीद्वारा गण्डकी १४ रनले परािजत

Ujyalosandeshonline 12552+ समाचार ( )
२९ फाल्गुन २०८१, बिहीबार

भैरहवा । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई १४ रनले पराजित गरेको छ । जितको लागि लुम्बिनी प्रदेशलाई कडा परिश्रम गर्नुपरेको थियो । अन्तिम ओभरमा धकेलिएको खेलमा लुम्बिनीले रोमाञ्चक जित निकालेको हो । भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा भएको खेलमा २१८ रनको लक्ष्य पछ्याएको गण्डकी ५० ओभरमा आफ्ना ९ विकेट गुमाउदै २०३ रन मात्र बनाउन सक्यो । 

गण्डकीका अर्जुन कुमालले खेललाई लयमा फर्काउन केही उत्कृष्ट शट खेले पनि उहाँले टिमलाई जित दिलाउन सकेनन । उनले ८६ बल खेल्दै ८ चौकाको सहयोगमा ६२ रन बनाए । यस्तै सुभाष भण्डारीले ३०, मुस्कान थापा २४ र अमृत गुरुङ्गले पनि २४ रन बनाए । 

बलिङ्गमा निर्मल गुरुङ्गले ८ ओभरमा ३१ रन खर्चिदै ३ विकेट लिए । यसै गरि विपर्सन केसीले २, रमेश कुर्मी र नर सार्कीले समान १/१ विकेट लिए । 

यस अघि भैरहवा स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ४९.५ ओभरमा  सबै विकेट गुमाउदै २१७ रन बनाएको थियो । लुम्बिनीका लागि सबैभन्दा धेरै प्रज्वल थापाले ७२ रन बनाए । उनले ७९ बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गरे । यसै गरि ओपनर ब्याट्सम्यानद्वय मृनाल गुरुङ्गले ३८ रन र मनिष थापाले २४ रन बनाए । लुम्बिनीका लागि देव खनालले ३३ रन बनाउदा अर्का ब्याट्सक्यान विपर्सन केसीले २५ रन बनाए । 

बलिङ्गमा गण्डकी प्रदेशका चन्द्रकान्त पौडेल र विपिन खत्री र अमृत गुरुङ्गले समान २/२ विकेट लिदा सुवाष भण्डारी, कमल परियार र वंश क्षेत्रीले १/१ विकेट बाँडे ।

जित संगै लुम्बिनीले २ अंक जोडेको छ । ३ खेल मध्ये २ मा जित र १ मा हार भएको लुम्बिनी ४ अंक सहित अंकतालिकाका चौथो स्थानमा उक्लिएको छ भने गण्डकी ३ खेलमा १ जित र २ हार संगै २ अंक सहित अंकतालिकामा आठौ स्थानमा झरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार