मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

भानु माविमा निर्माण हुने चारकोठे भवनको गृहमन्त्री पाण्डेयद्वारा शिलान्यास

Ujyalosandeshonline 12450+ समाचार ( )
९ पौष २०८०, सोमबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित श्री भानु माध्यमिक विद्यालयमा निर्माण हुने चारकोठे भवनको शिलान्यास गरिएको छ । सोमबार भवनको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले शिलान्यास गरेका हुन् ।

सो अवसरमा बोल्दै मन्त्री पाण्डेयले शिक्षा क्षेत्रको विकासले मुलुकको विकास हुने भएकाले प्रदेश सरकारले शिक्षाको विकासमा जोड दिएको बताए । उनले शिक्षाको विकासका लागि विद्यालयको भौतिक पूर्वाधार निर्माणमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताए ।

विद्यार्थीहरुको पठनपाठनका लागि केही कक्षाकोठाको अभाव रहेकोले अब निर्माण हुने भवनले सहयोग गर्ने श्री भानु माविका प्रधानाध्यापक मोतीलाल सुवेदीले बताए । उनले भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारबाट ३० लाख रुपैयाँ उपलब्ध भएको र चैत महिनासम्म निर्माणसम्पन्न हुने गरी सम्झौता भएको जानकारी दिए ।

‘भवनको फिनिसिङलगायतका कार्यका लागि थप बजेट आवश्यक पर्छ, बजेटका लागि प्रदेश सरकारसँग माग गरेको छौं, ’सुवेदीले भने । उनले भवन निर्माणका लागि बजेट विनियोजन गर्ने प्रदेश सरकारलाई धन्यवाद दिदै भवन निर्माण कार्य पूर्ण रुपमा सम्पन्न गर्न आवश्यक थप बजेट विनियोजन गर्न आग्रह गरे ।

भवन शिलान्यास कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फैज अहमद खान, समाजसेवी, राजनीतिक दलका प्रतिनिधिहरु, विद्यालयका शिक्षकशिक्षिका, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार