मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

Ujyalosandeshonline 12612+ समाचार ( )
२९ जेठ २०८३, शुक्रबार

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिककेन्द्रित सेवाप्रवाहलाई प्राथमिकतामा राखी प्रहरी कर्मचारीहरूले बोली, बचन र व्यवहारमा सुधार गरी अनुशासित एवं कर्तव्यनिष्ट भई उच्च व्यावसायिकता प्रदर्शन गर्दै आफूलाई प्राप्त जिम्मेवारी वहन गर्न निर्देशन दिनुभएको छ । हालै सरूवा भई आआफ्नो कार्यक्षेत्रमा खटि जान लाग्नुभएका प्रहरी निरीक्षकहरूलाई आज प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनका क्रममा उपलब्धिपूर्ण एवं उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै उहाँले सो निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले आआफ्नो क्षेत्रमा देखापर्न सक्ने सुरक्षा चुनौतीको विश्लेषण गरी सोहीअनुरूप सुरक्षा योजना अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै नेपालको संविधान, ऐन, कानुनले निर्दिष्ट गरेको जिम्मेवारी पूर्ण निष्ठावान रही वहन गर्न निर्देशन दिनुभयो । उहाँले सूचना सङ्कलनलाई प्रमुख प्राथमिकतामा राखी समाजमा शान्ति, सुव्यवस्था कायम गर्न जनशक्तिको प्रभावकारी व्यवस्थापन एवं परिचालन गर्नुपर्ने बताउनुभयो । महानिरीक्षक कार्कीले व्यक्तिगत स्वार्थभन्दा साङ्गठनिक स्वार्थलाई केन्द्रबिन्दुमा राखेर सङ्गठनको नीति निर्देशनको प्रभावकारी कार्यान्वयन गर्दै सङ्गठनको साख वृद्धि हुनेगरी कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।

सम्पूर्ण प्रहरी कर्मचारीहरूले पारदर्शी, काननुनसम्मत र विभेदरहित ढङ्गले आआफ्नो जिम्मेवारी वहन गर्दै नागरिकको अपेक्षाअनुरूप सेवा प्रवाहमा कटिबद्ध हुनसमेत उहाँले निर्देशन दिनुभयो । यसअघि नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी, कार्य विभागका प्रहरी नायब महानिरीक्षक अरूण पौडेल र अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईले समेत सरुवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई आगामी कार्यदिशा एवं समसामयिक विषयमा निर्देशन दिनुभएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार