मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

प्रधानमन्त्री दाहाल आज भारत जाँदै, प्रधानमन्त्रीको शपथग्रहणमा सहभागी हुने

Ujyalosandeshonline 12437+ समाचार ( )
२७ जेठ २०८१, आइतबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज छिमेकी राष्ट्र भारत प्रस्थान गर्दैछन् । आइतबार भारतमा हुने नयाँ प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो । भारतमा हालै सम्पन्न आमनिर्वाचनपछि नरेन्द्र दामोदरदास मोदी तेश्रोपटक प्रधानमन्त्री बन्दैछन् । आइतबार साँझ मोदीले प्रधानमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।

सो समारोहमा भाग लिन जाने प्रधानमन्त्री नेतृत्वको टोलीमा प्रधानमन्त्री दाहालकी सुपुत्री एवम् स्वकीय सचिव गंगा दाहाल, कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारीहरु रहने जनाइएको छ । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार मोदीले प्रधानमन्त्रीको शपथ लिएपछि आइतबारै प्रधानमन्त्री मोदी र दाहालबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

दाहाल सोमबार स्वदेश फिर्ता हुनेछन् । भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री दाहालले शनिबार साँझ राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए । प्रधानमन्त्री दाहालले गत जेठमा पनि भारतको औपचारिक भ्रमण गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार