मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

‘एमाले र कांग्रेसको षड्यन्त्रकारी सहमति शान्ति प्रक्रिया उल्ट्याउने खेल’

Ujyalosandeshonline 10783+ समाचार ( )
२० असार २०८१, बुधवार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले एमाले र कांग्रेसले मध्यरातमा षड्यन्त्रकारी ढङ्गले संविधान शंसोधनको गर्ने सहमति गरेर मुलुकलाई प्रतिगमनको दिशातिर लगेको टिप्पणी गरेका छन् । 

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधानबारे सरोकारवालाहरुसँगको छलफल वा परामर्शको प्रक्रियाबाट गएर संविधान संशोधनको दिशाबाट जानुको सट्टामा मध्यरातमा षड्यन्त्रकारी ढङ्गले संविधान शंसोधन गर्ने कुरा उठाइरहेको बताए । 

उनले भने,‘मध्यरातमा नेपाली कांग्रेस र एमालेकोबीचमा सरकार गठनको लागि जुन सहमति भयो भनेर मिडियामा आइरहेको छ, त्यो नेपालको राजनीतिक इतिहासमा एउटा परिघट्ना हो । यसलाई समग्रतामा प्रतिगमनको दिशातिर अघि बढीरहेको भन्ने थाहा हुन्छ । संविधानका सरोकारवालासँग छलफल परामर्शको प्रक्रियाबाट गएर संविधान शंसोधनको दिशाबाट जानुको सट्टामा मध्यरातमा अदृश्य रुपमा षड्यन्त्रकारी ढङ्गले अघि बढ्नु सान्दर्भिक होइन ।’

शान्ति प्रक्रिया पश्चात प्राप्त गरेका उपलब्धीहरुलाई नै निशाना गरेर त्यसलाई उल्ट्याउने कोणबाट संविधान संसोधनको चर्चा भएको उनको भनाइ छ । उनले वर्तमान उपलब्धी उल्टाएर ०४७ सालको संविधानको दिशामा लान खोजेको त होइन भन्दै आशंका व्यक्त गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार