मुख्य समाचार
मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार | डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि, प्रतिलिटर ३० रुपैयाँ बढ्यो | पूर्वाधार थपिँदा पर्यटक आकर्षित | सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत | सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन | जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने | सम्मरीमाई शीतभण्डार निर्माणमा भ्रष्टाचार : लुम्बिनीका तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध मुद्दा |

धनराज गुरुङ दोषी देखिए जेल जानुहुन्छ : विश्वप्रकाश शर्मा

Ujyalosandeshonline 10996+ समाचार ( )
५ अशोज २०८१, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ दल भन्दा पनि नयाँ प्रवृत्ति हुनु आवश्यक रहेको बताएका छन् ।  शनिबार कांग्रेस झापा–काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सहकारी ठगी प्रकरणमा नयाँ दलका अध्यक्ष आरोपी भएर पनि बचाउन खोजिएको बताएका हुन् ।

उनले नयाँ दलको अध्यक्षलाई सहकारी ठगीको  आरोप लाग्दा पनि दलकाहरुले हाम्रो अध्यक्षमाथी छानविन गर्न हुँदैन भनिरहँदा त्यो दल कतिको सक्षम होला भन्दै प्रश्न उठाए । उनले पुरानो दल कांग्रेसका उपसभापति धनराज गुरुङमाथी पनि सहकारी ठगीको आरोप लागेकाले छानविन गर्नुपर्ने बताए ।  

उनले भने, ‘नयाँ दल भनेर हुँदैन नयाँ प्रवृत्ति हुनुपर्छ, नयाँ दलको अध्यक्षलाई सहकारी ठगीको आरोप लाग्यो तर त्यो दलकाहरुले हाम्रो अध्यक्षमाथी छानविन गर्न पाईंदैन भनेर भन्यो । पुरानो  दलको  उपसभापति धनराज गुरुङलाई सहकारी ठगीको आरोप लाग्यो, उहाँ आफैंले संसदमा उभिएर म माथी छानविन गर्नुस् भनेर भन्नुभयो । नयाँ दलको अध्यक्षलाई सहकारी ठगीको आरोप लाग्दैगर्दा उनीहरु भन्छन् छानविन गर्न  मिल्दैन तर हामी भन्छौं उहाँमाथि छानविन हुनुपर्छ । उहाँमाथि छानबिन सुरु भएको छ । त्यो प्रक्रिया अवरुद्ध गर्न कांग्रेस लाग्दैन । सीआईबीले छानबिन गरिरहेको छ । धनराज गुरुङ छानविन गर्दा निर्दोष देखिनुहुन्छ, माला लगाएर कांग्रेसको नेतृत्व गर्नुहुन्छ । दोषी देखिनुहुन्छ, जेल जानुहुन्छ ।’

त्यस्तै, उनले निर्वाचनमा पपुलर भोट ल्याउने पार्टीले सरकार चलाउनुपर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरे । शर्माले स्थिर सरकार नभई जनतामा देखिएको निराशा भत्काउन नसकिने बताए ।

उनले २७५ सदस्यीय प्रतिनिधिसभालाई १८५ मा झार्नुपर्ने बताए । महामन्त्री शर्माले भने, ‘सरकारको नेतृत्व गर्ने अधिकार सीटमा मात्रै होइन, पपुलर भोट जसले बढी ल्याएको हुन्छ, त्यसलाई हुन्छ । त्यस्तो भए पनि हामीले अहिले जस्तो दोस्रो, तेस्रो, चौथोलाई फकाएर, गाँसेर सरकार बनाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ । हामी दोस्रो भयौं भने हामी पनि ५ वर्षसम्म सरकार बाहिर बस्छौं । २० सीट छ, समर्थन गर्न गृह मन्त्रालय चाहियो । यस्ताका दिन सकिन्छ, त्यो व्यवस्था गर्न सकेपछि ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार