मुख्य समाचार
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह | आजको मौसम पूर्वानुमान : पहाडी भूभागमा आंशिक बादल ,तराई क्षेत्रमा तातो लहरको सम्भावना | वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात | रास्वपा लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ | बालबालिकाका समस्या र प्रहरीको भूमिकाबारे डीआईजी ओम बहादुर रानाद्वारा नगर बाल सञ्जालसँग छलफल | राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री शाह | बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ | भर्चुअल बैठकमार्फत निर्देशन | सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा | अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने |

नाक्चे लाग्ना नाकादुई साताका लागि खुल्ने

Ujyalosandeshonline 11042+ समाचार ( )
२५ श्रावण २०८२, शनिबार

मुगु । नेपाल–चीन सीमामा पर्ने मुगुको उत्तरी क्षेत्र नाक्चे लाग्ना नाकादुई साताका लागि खुल्ने भएको छ । कोरोना महामारीले थलापारे पछिबन्द रहेको नाक्चे लाग्ना नाका गतवर्ष झैँ यस वर्ष पनि  साउन २५ गते देखि भदौ ७ गते सम्म सञ्चालमा आउने भएपछि मुगु बासी र चिनीयाँ नागरिकहरु बीच दैनिक उपभोग्य बस्तु लगायत अन्य बस्तुको कारोवार हुने भएको छ ।

चिन र मुगुको कार्मारोङ गाउँपालिकाको साझा सहमतिमा गृह मन्त्रालयको निर्देशन अनुसार चिनको स्वशासित क्षेत्र ह्यजिमारमा दुई पक्षीय व्यापार मेलाका लागि नाका खुला हुन लागेको हो । यस क्षेत्रमा नेपालको तर्फ बाटब्यापार गर्न जानको लागी नेपालीहरुले अनुमती पत्र लिनु पर्ने व्यवस्था छ ।

हाल सम्म २०३ जनाले नयाँ अनुमती र २६७ जनाले पुरानै अनुमती पत्रलाई नविकरण गरि ५१५ जनाले अनुमती पत्र लिएको मगुका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार त्यस क्षेत्रमा हुन सक्ने अवैध र आपराधिक गतिविधि नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त प्रहरी परिचालन गरिने भएको छ ।

नाक्चे लाग्ना नाका नेपाल चीन जोड्ने सबै भन्दा छोटो र सहजनाकाको रुपमा रहेको भएपनि राज्यको प्राथमिकतामा पर्न सकेको छैन् । यद्यपी, विगतमा हरेक वर्षको भाद्र महिनामा पनि यो नाका करीब दुई साताका लागि खुल्ने गरेको थियो । तर, कोरोना महामारीको समयमा बन्द भएर लामो समय सम्म खुल्न नसकेको नाका गतवर्ष देखि फेरी सञ्चालनमा आउन थालेको हो । दुई साताका लागि नाका सञ्चालनमा आउने भएपछि चीन तर्फको ह्याँजीमार बजारमा हाटबजार समेत लाग्ने भएको छ ।

यद्यपी, नेपालतर्फ सडक सञ्जालको अवस्था राम्रो नहँुदा स्थानियले हाटबजारमा किनेको सामान ल्याउन समेत ल्याउन समस्या भएको छ । स्थानियहरुले अहिलेचौंरी, घोडा, याक, भेडाबाट सामान ढुवानि गर्ने गरेका छन् । ह्याँजीमारमा सञ्चालन हुने हाटबजार भने कम्तीमा पनि ३ देखि ६ महिनाको लागि सञ्चालन गर्न नेपाल सरकारले पहल गरिदिए राम्रो हुने त्यहाँका स्थानिय जनप्रतिनिधीहरुले बताएका छन् ।

उक्त हाटबजारबाट मुगु, जुम्ला तथा हुम्लाका नागरिकले  आफूहरूलाई वर्षभरि चाहिने मैदा ,चामल,  नुन, तेलछुर्पी, घिउ, विद्युतीय सामाग्री, जस्ता,पाता, सिमेन्ट लगायतका निर्माण सामाग्री मिठाई, पेय पदार्थ,  लत्ताकपडा,  घरायसी सामग्री किनमेल गर्ने गर्दछन् । साथ स्थानिय व्यापारीले नेपालबाट ,जडीबुटी ,यार्सा, काठका लौरी ,स्याउ, आरु, चुली लगाएथका फलफुल तरकारी लगायतका सामाग्रीहरु  चिनियाँ व्यापारी पक्ष सँग सामानमै साट्ने तथा बेच्ने गर्दछन् ।

मुगुका स्थानिय ब्यापारी च्यावालामाका अनुसार यो नाका वर्षको एक पटक मात्र खोलिने गरिन्छ । तर, कम्तीमा ३ देखी ६ महिना सम्म नाका सन्चालनमा आएपछि निकै राहात हुने उनको भनाई छ । अहिले स्थानिय व्यापारीले रसुवा नाकाबाट काठमाडौ, नेपालगंन्ज हँुदै सुर्खेत हुँदै मुगुमा चर्काे मुल्य हाले सामान आयात गरिरहेको उनले बताए ।

मुगुको सदरमुकाम गमगढी देखि नाक्चेलाना नाका जोड्ने ८७ किमी लामो सडक विस २०६३ सालदेखि निर्माण सुरु भएको भएपनि हालसम्म १७ किलोमिटर मात्रट्रयाक खोलिएको छ । यसका लागि हाल सम्म करीब १८ करोड रुपैयाँखर्च भइसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार