मुख्य समाचार
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा | हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु | धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता |

अर्घाखाँचीमा पेट्रोलियम पदार्थको अभाव छैन, कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने प्रशासनको चेतावनी

Ujyalosandeshonline 11876+ समाचार ( )
२ चैत्र २०८२, सोमबार

अर्घाखाँची । अर्घाखाँची जिल्लामा पेट्रोलियम पदार्थको कुनै पनि अभाव नरहेको जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ । बजारमा पेट्रोल, डिजेल र खाना पकाउने ग्यास पर्याप्त मात्रामा उपलब्ध रहेको जनाउँदै प्रशासनले अनावश्यक हल्लाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले बजारमा इन्धनको सहज आपूर्ति भइरहेको जानकारी दिँदै कृत्रिम अभाव सिर्जना गर्ने प्रयास भए सह्य नहुने चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थ अभाव भएको बहाना बनाएर कालोबजारी गर्ने, तोकिएको भन्दा बढी मूल्य असुल्ने वा लुकाएर राख्ने जो–कोहीलाई पनि कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरिने उनले स्पष्ट पारे ।

इन्धनमा कालोबजारी र अनियमितता हुन नदिन जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई थप प्रभावकारी र तीव्र बनाउने तयारीसमेत गरेको छ । कतैबाट कृत्रिम अभाव देखाएर ठगी गर्ने काम भएमा तत्काल प्रशासनलाई जानकारी गराउन आग्रह गर्दै सहायक प्रजिअ भट्टराईले उपभोक्तालाई नआत्तिन र घरमा अनावश्यक रूपमा इन्धन भण्डारण नगर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार