मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

भारतमा एनडीए गठबन्धनले बहुमत पाएसँगै तेस्रो पटक मोदी सरकार

Ujyalosandeshonline 10783+ समाचार ( )
२३ जेठ २०८१, बुधवार

काठमाडौं । भारतमा भएको १८ औं लोक सभा निर्वाचन–२०२४ को मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक सत्ता गठबन्धन (एनडीए) ले २९३ सिट जितेको हो । 

पाँच सय ४३ सिटको लागि भएको लोकसभा निर्वाचनमा कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया) गठबन्धनले २३२ सिट जितेको छ । निर्वाचनमा भारतीय जनता पार्टी भाजपाले मात्रै २ सय ४० सिटमा जित हासिल गरेको छ । 

यस्तै,  एनडिएको विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले दुई सय २४ सिटमा जित हासिल गरेको छ । काङ्ग्रेस ९९ सिट, समाजवादी पार्टी ३७  सिट, तृणमूल काङ्ग्रेस २९ सिट, द्रविड़ मुन्नेत्र कड़गम (डिएमके) २२ सिट, शिवसेना (उद्धव ठाकरे) ९  सिट, एनसीपी (सपा) ले ८ सिट, तेलेगु देशमले, १६ सिट, राष्ट्रिय जनता दल, युवराजन श्रमिका रिथु कांग्रेस र कम्युनिष्ट पार्टी अफ इन्डियाले समान ४–४ सिटमा जित हासलि गरेका छन्।  

वनारसबाट चुनाव जितेका प्रधानमन्त्री नरेन्द्र मोदीले बहुमत साथ तेस्रो पटक प्रधानमन्त्रीको पद सुरक्षित गरेका छन् । मोदीले सन् २०१४ देखि २०१९ सम्म पहिलो  र २०१९ देखि २०२४ सम्म लगातार दुई कार्यकाल सरकारको नेतृत्व गरिसकेका  छन् । यो निर्वाचनले मोदीलाई जवाहरलाल नेहरुपछि भारतामा तीन कार्यकाल प्रधानमन्त्री चलाउने दोस्रो नेताको रुपमा स्थापित गरेको छ । त्यसको सुनिश्चितता भाजपाका अध्यक्ष जेपी नड्डाले यो निर्वाचनमा जनताले नरेन्द्र मोदीलाई आशिर्वाद दिएका भन्दै थपे, ‘नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ।’ 

कांग्रेस नेता राहुल गान्धीले राय–बरेली र वायनाडमा जित निकाल्दा उत्तर प्रदेशमा भने भाजपालाई ठूलो धक्का लागेको छ। अघिल्लो चुनावमा ६४ सिट जितेको भाजपाले ०२४ को चुनावमा २१ सिट गुमाएको छ । अहिले भाजपाले त्यहाँ ३३ सिट ल्याउँदा समाजवादी पार्टीले यहाँ ३७ सिटमा जित निकालेको छ । सात चरणमा सम्पन्न भएको लोकसभा निर्वाचनमा करिब ६४ करोड २० लाख जनता मतदानमा सहभागी बनेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार