मुख्य समाचार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव |

आज बालाचतुर्दशी पर्व, शतबीज छरी मनाइँदै

Ujyalosandeshonline 12337+ समाचार ( )
३ मंगशिर २०८२, बुधवार

काठमाडौं । आज बिहान शतबीज छरी बालाचतुर्दशी पर्व मनाइँदैछ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान यो पर्व मनाउने गरिन्छ । यस दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको दोषबाट मुक्ति मिल्ने विश्वासमा शतबीज छरिन्छ । 

मार्गशीर्षकृष्ण त्रयोदशीको रातमा दीपदान गरी बसेका भक्तजनले चतुर्दशीका दिन बिहानै दिवंगत पितृको स्मरणमा शतबीज छर्ने गर्दछन् । शतबीज छर्न काठमाडौंको पशुपतिनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अघिल्लो दिनदेखि नै मानिसहरूको भिडभाड हुने गर्छ । हिजो रातभर जाग्राम बसेर, भजन कीर्तन गरेर दीप प्रज्वलन गरेपश्चात् आज बिहान शत बीज छर्ने चलन रहेको छ । 

शत बीजमा सप्त बीज हुन्छ, जसमा धान, गहुँ, मास, मुँगी, कागुन र सामाको बिउ मात्र होइन, कुनै कुनै ठाउँमा कागती, निबुवा, सुन्तला, स्याउ, उखु, अम्बा, केरासहित तिल, चना, मकै पनि शत बीजमा प्रयोग गर्ने गरिन्छ । बिहान स्नान गरेर चोखो र श्रद्धापूर्वक मनले शत बीज छर्नका लागि शिवालयनजिकका जङ्गलहरूलाई छान्ने गरिन्छ । काठमाडौंमा पशुपतिनाथ र यसको छेउछाउका किँरातेश्वर महादेव, गौरी घाट, गुह्येश्वरी, आर्यघाट, श्लेष्मान्तक वन, चतरा, वराहक्षेत्र, सेती वेणी धाम, देवघाट लगायतका स्थानहरूमा शत बीज छर्ने दर्शनार्थीहरु भेला भएका हुन्छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार