मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

१७ श्रावण २०८२, शुक्रबार

नवलपुरमा प्रगतिनगर खानेपानी संस्थाको १०० दिन: विकास र जनसेवामा उल्लेखनीय प्रगति

नवलपुर । देवचुली नगरपालिकामा अवस्थित प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नवनिर्वाचित कार्यसमितिको पहिलो १०० दिनमा जनउत्तरदायी र प्रभावशाली कामहरू सम्पन्न गरेको छ । २०८१ साल चैत्र ३० गते सम्पन्न भएको ९ औं अधिवेशनबाट डिल्लीराम कडरियाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको थियो।

नयाँ कार्यसमितिले कार्यभार सम्हालेको छोटो अवधिमै ३५ नयाँ धारा जडान गर्नुका साथै २०५८ मिटर पाइपलाइन विस्तार गरेको संस्थाका अध्यक्ष डिल्लीराम कडरियाले जानकारी दिनुभयो। यस अवधिमा संस्थाले करिब ८ लाख रुपैयाँ बक्यौता महसुल संकलन गर्न सफल भएको छ।

सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै संस्थाले सिटिजन्स बैंक धारापानी शाखा र गरिमा विकास बैंक दलदले शाखासँगको सहकार्यमा प्रगतिनगर चोक र दलदले चोकमा निःशुल्क स्मार्ट वाटर फिल्टर जडान गरेको छ। साथै, पारिवारिक सदस्य गुमाएका उपभोक्ता परिवारलाई सो महिनाको मासिक महसुल छुट दिने मानवीय निर्णय पनि गरेको छ।

अध्यक्ष कडरियाका अनुसार, संस्थाले ठूला पूर्वाधार विकासका लागि महत्वपूर्ण बजेट सुनिश्चित गर्न सफलता हासिल गरेको छ। मुहान तटबन्ध र फिल्टर प्लान्ट निर्माणका लागि केन्द्र सरकारबाट तीन करोड रुपैयाँ, प्रेसर फिल्टरका लागि संघीय कार्यालय पोखराबाट ४० लाख र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँबाट ३० लाख रुपैयाँ बजेट स्वीकृत भएको छ।

यसका साथै, मुहान संरक्षण, बाटो निर्माण, प्रयोगशाला सुधार, क्यालेन्डर प्रकाशन र छिमेकी संस्थाहरूसँगको सहकार्यले सामुदायिक सेवा प्रवाहमा उल्लेखनीय योगदान पुगेको छ । संस्थाको सिताबासमा रहेको टंकी परिसरको सभाहलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष कडरियाले आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष खिमानन्द भुसाल, सल्लाहकार, पत्रकार महासंघका प्रतिनिधि र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण संस्थाका सचिव विष्णुप्रसाद न्यौपानेले गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार