मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

अधिकृत स्तरको कर्मचारी नहुँदा समस्या

Ujyalosandeshonline 12334+ समाचार ( )
१८ चैत्र २०८१, मङ्गलबार

रौतहट । इलाका प्रशासन कार्यालय गरुडामा अधिकृत स्तरको कर्मचारी नहुदाँ सेवा प्रवाहमा समस्या भएको छ । अधिकृत स्तरको कर्मचारीको पदस्थापन नगरेको कारण इलाका प्रशासन कार्यालय गरुडा अहिले नायव सुब्बाको भरमा संचालन हुँदै आएको हो ।

२०८० सालको फाल्गुनमा शाखा अधिकृत मनिष झालाई इलाका प्रशासन कार्यालय गरुडाका प्रमुखको जिम्मेबारी तोकिएको थियो । तर तीन महिनामा नै  सरुवा भएर जिल्ला प्रशासन कार्यालय गौरमा गएपछि नायव सुब्बालाई नै  निमित्तको जिम्मेवारी दिइएको छ  । 

२०७६ साल देखि हालसम्म निमित्त कार्यालय प्रमुखको जिम्मेवारीमा नासु रामस्वार्थ राय यादव रहेका छन । गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि प्रसाद कलवारले प्रशासनिक निकायमा अधिकृत स्तरको कर्मचारी नहुँदा सेवा प्रवाहमा असहजता र सेवाग्राहीलाई सास्ती हुने बताए ।

उनका अनुसार कार्यालय प्रमुख नहुदा प्रत्यक्ष असर नागरिक देखि व्यापार व्यवसाय, कलकारखाना, वित्तिय संस्थाहरुलाई  परेको छ ।

२०७३ सालमा स्थापन भएको ईलाका प्रशासन कार्यालय गरुडाले गरुडा नगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ८, माधव नारायण नगरपालिकाको ९ वटै वडा तथा गढिमाई नगरपालिकाको ९ वटै वडाका नागरिकको सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार