मुख्य समाचार
दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा | अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान | अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन |

जेसीज संस्थापक अवार्डबाट खबरपात्रो डटकमका प्रधानसम्पादक घिमिरेसहित तीनजना सम्मानित

Ujyalosandeshonline 12334+ समाचार ( )
१२ माघ २०८०, शुक्रबार

भैरहवा । जेसीआई सिद्धार्थ नेपालले स्थापना गरेको संस्थापक अवार्डबाट विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिएको छ । जेसीजले स्थापना गरेको मोहनलाल शारदा मेमोरियल ट्रष्ट संस्थापक अवार्डबाट तीनवटा बिधाबाट तीनजालाई सम्मान गरिएको हो । 

जेसीजले पत्रकारिता क्षेत्रबाट खबरपात्रो डटकमका प्रधानसम्पादक दीपक घिमिरे, स्वास्थ्य क्षेत्रबाट डिल्लीमाया मेमोरियल फाउण्डेशनका संस्थापक अध्यक्ष वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सञ्जय पाण्डे र सामाजिक क्षेत्रबाट चन्द्रमोहन पटवालाई सम्मान गरेको हो । 

तीनैजनालाई पत्रकारिता, स्वास्थ्य र सामाजिक क्षेत्रका माध्यमबाट जेसीआई अन्तर्राष्ट्रिय अभियानलाई सबल, समृद्ध तथा विकास तुल्याउँदै भातृत्वभाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको जेसीआई सिद्धार्थ नेपाल वर्ष २०२२ का अध्यक्ष एवं सम्मान समितिका संयोजक कमल जिसीले जानकारी दिए । 

भैरहवामा आयोजित कार्यक्रममा विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले तीनै जनालाई नगद रु. ५ हजार, दोसल्ला र कदरपत्रले सम्मान गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार