मुख्य समाचार
सिमकोट आइपुगेका मानसरोवर कैलाश तीर्थयात्रा हिँडेको तीर्थयात्री | हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो | झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य | परीक्षणसम्बन्धी नयाँ नियमले चिया निर्यात ठप्प | प्रहरी टोलीमाथि आक्रमण गर्ने मनसुरी नवलपरासीबाट पक्राउ | नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली | पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन |

एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक शनिबार गोदावरीमा

Ujyalosandeshonline 11308+ समाचार ( )
२ वैशाख २०८१, आइतबार

काठमाडौं । एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठक आगामी शनिबार र आइतबार ललितपुरको गोदावरीमा हुने भएको छ । 

एमालेको आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले उक्त बैठकको एजेण्डाबारे छलफल गरेको गरेको पार्टी महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्मा ६ वटा प्रतिवेदन पेस गर्ने तयारी छ ।  

उनले भने, ‘हामी राष्ट्रिय महाधिवेशन प्रतिनिधिको पहिलो बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही वैशाख ८ गते बिहान ११ बजे सुरु हुनेछ । त्यो बैठकमा महाधिवेशनका प्रतिनधिहरु २१ सय ५३ जना सहभागी हुनुहुनेछ । त्यस्तै पार्टीका विभिन्न आयोगका प्रतिनिधि पनि सहभागी हुनेछन् ।’

उक्त बैठकमा विभिन्न ६ प्रतिवेदन प्रस्तुत हु्ने उल्लेख गर्दै महासचिव ज्ञवालीले राजनीतिक, संगठनात्मक र केन्द्रीय निकाय (लेखा, अनुशासन, निर्वाचन) आयोगको अलग अलग प्रतिवेदन प्रस्तुत हुने बताए । 

सञ्चारकर्मीसँग कुरा गर्दै अर्को प्रसंगमा ज्ञवालीले कांग्रेसले उपप्रधान एवं गृहमन्त्रीको राजीनामा माग्नु हाँस्यास्पद रहेको टिप्पणी गरे । उनले भने, ‘कांग्रेसका साथीहरूले बेलाबेला हँसाउनु हुन्छ । आफूले प्रधानमन्त्री अफर गरिरहँदा त्यो व्यक्ति योग्य हुने । तर, आफूले भनेजस्तो नभन्दा एकोहोरो खेदिरहने ? स्पष्टीकरण त दिन पाउनुपर्छ नि अर्घेल्याइँ किन गरेको ? कोशी प्रदेश सरकारको सन्दर्भमा ज्ञवालीले मुख्यमन्त्रीले बहुमत गुमाइसकेकाले नयाँ सरकार बनाउने बाटो खोलिदिनुपर्ने तर्क गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार